मलेशियामा सल्यानी युवाको मृत्यु

सल्यान ः सल्यान वनगाड कुपिण्डे नगरपालिका–११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेशियामा मृत्यु भएको छ। डिउटीबाट फर्कदै गर्दा बुधबार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका वलीको उपचारका क्रममा बिहीवार बिहान २ बजेतिर मृत्यु भएको थियो। मलेशियाको काजाङमा साइकलबाट लडेर मृत्यु भएका उनका काका हीरालाल वलीले जानकारी दिए। एक वर्षअघि मात्र मलेशिया गएका वलीका ३ छोरा र श्रीमती छन्।
मलेशियाबाट शव तत्काल नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेको छ।



