छेडागाड नगरपालिकाको रमिता

हेमन्त केसी
जाजरकोटको छेडागाड नगरपालिकाले खाना तथा खाजा खर्चको रकम असोभाविक आएको भन्दै कार्यपालिकाको बैठकबाट वडाध्यक्ष प्रेमबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन भयो । छानबिम समिति गठन नहुँदै बिभिन्न मिडियामा खाजा,नास्ताको आधा करोड खर्च भन्दै समाचार प्रकाशित भयो ।

समाचार प्रकाशित भएको भन्दै नगरप्रमुख रत्नबहादुर खडकाले छानबिन समितिका संयोजक खत्रीलाई पटक ,पटक दबाब दिए । दबाब मात्र दिएर खड्कालाई पुगेन , नगरपालिकामा केही भएको छैन भन्दै विज्ञप्ति समेत निकाले । यही बल पाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकाय र लेखा प्रमुखको संयूक्त हस्ताक्षरमा अर्को बिज्ञप्ति आयो ,‘ हामीले केही आर्थिक अनियमितता गरेको अवस्था छैन , मिडियामा अतिरन्जित समाचार आयो ? ’ । अब हामीले उहाँलाई अनियमितता नभएको भए किन छानबिन समिति गठन गरेको त ? यो प्रश्नको जवाफ दिने उनीहरुसँग कुनै दम देखिएन । बरु पाँच सदस्यीय छानबिम समितिलाई बिभाजित गरि छानबिनको कार्य नै अपाङग बनाउने खेल सुरु भएको छ । पाँच मध्य दुइ जना नगरप्रमुखका साथै निमित्त प्रमुख प्रशासकीय अधिकृतको पक्षमा र अन्य तीन जना निष्पक्ष छानबिन जसरी नि गर्नु पर्छ भन्दै अहिले दैनिक बैठक बसेर कागज हेर्ने क्रम जारी रहेको छ ।

अहिले सम्म सम्मको अवस्था हेर्दा खाना र नास्तामा अनियमितता भएको देखिएको स्रोतको दावी छ । नगरप्रमुख खडकाले छानबिन समितिका पलाधिकारीलाई मिडियामा नबोल्न समेत उद्धी जारी गरेको पाइएको छ । नगरप्रमुखका साथै उपप्रमुख समेत अशोभाविक खर्चलाई टालटुल गरेर मिलाउने पक्षमा रहेको स्रोतले बताएको छ । किनकी उनीहरुले निकालेको बिज्ञप्तिबाट पनि त्यो कुराको पुष्टि गर्छ । छानबिन समिति गठन भइसकेपछि फेरी नगरप्रमुख र कर्मचारीले केही भएको छैन भनि बिज्ञप्ति निकाल्नुले छानबिन कत्तिको निष्पक्ष हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । छानबिन समिति समेत आफैँ धामी , आफैँ बोक्सी झै गरि बनाइनुले अर्को अर्थ लगाएको छ । आम नागरिकको एउटा कुरा के छ भने निष्पक्ष छानबिनका लागि स्वतन्त्र टिम गठन गर्नु जरुरी रहेको छ ।

हुन त यो कुरा अक्तियारमा समेत परिसकेको अवस्था रहेको छ । यो त एउटा उदहारण मात्र हो ,जाजरकोटका अन्य पालिकामा के कस्तो छ कुनै जानकारी नै छैन । मन परेको व्यक्तिलाई जथाभाबी रकम उपलब्ध गराउने यो रोग अहिलेको होइन । कमिसनको लोभमा काठमाडौँबाट सञ्चालनमा रहेका मिडिया एजेन्सीलाई बोलपत्रका सूचना दिने गरेको समेत व्यापक घटना रहेका छन् । सकरात्मक समाचार लेख्नेलाई आर्थिक रुपमा लाभ हुने गरि रकम बितरण गरेको पनि पाइएको छ ।





error: Content is protected !!