जाजरकोटले अवसरको सदुपयोग गरोस

हेमन्त केसी
दुर्गम जिल्लाको लिष्टमा परेको जाजरकोट विकासको गती पकडेको झण्डै १४ वर्ष पुरा हुँदै छ । छिमेकी जिल्लाको सदरमुकामसँगै गाउँमा सडक जोडिदै गर्दा जाजरकोटमा विकासको लागि राज्यले हेर्ने वातारण माओवादी जनयुद्धपछि मात्र भयो । मैले २०६० मा एसएलसी परीक्षा दिँदै गर्दा रुकुम सदरमुकामबाट सल्ले हुँदै रुकुमकोट तर्फ ठुलै गाडी जाने गदथ्यो । हाम्रो जिल्लामा सो समयमा सल्लीबजारको आसपासमा गाडी चल्ने गर्दथे । अहिले शान्तिकालमा एकाएक दुर्गम जिल्लाको लिष्टबाट जाजरकोट आफ्नो परिचय माथी उठाएर सुर्गम जिल्लासँग प्रतिस्पर्धा गरिरहेको छ । ठुला तीन वटा सडकको बीचमा जाजरकोट रहेको छ अहिले ।
ठुला जलविद्युत आयोजनाहरु जाजरकोटकै भुभागमा बन्दै गरेको अवस्था छ । जाजरकोट हुँदै ४०० केभी जस्तो महत्वपुर्ण विद्युतको प्रशारण लाइन समेत निर्माण गर्नका लागि मुल भाग जाजरकोट नलगाडलाई नै तोकिएको छ । भेरी करिडोर जस्तै त्रिदेशीय सडक समेत जाजरकोटको पूर्व देखि पश्चिम सम्मको अधिकांश भाग समेटने गर्दछ । उत्तर देखि दक्षिण जोडनका लागि लम्बिनी –रारा सडकको अवधारण अनुसार काम चलिरहेको छ । अर्को महत्वपूर्ण सडकको रुपमा मध्य तथा पश्चिमको ८२ किलोमिटर भाग जाजरकोटलाई छोएर दैलेख जोडने गर्दछ । जो सडक रुकुम पूर्व ,पश्चिम हुँदै जाजरकोटबाट दैलेख जोडने काम गर्दछ । लम्बिनी ,दाङ, सल्यान र रुकुम हुँदै जाजरकोटबाट जुम्लासँगै मुगुको रारा जोडका लागि अर्को सडकको काम चलिरहेको छ ।
पश्चिम जाजरकोटबाट जुम्ला जोडनका लागि भेरी करिडोरसँग जोडिएर छेडाबाट चाँदे हुँदै जुम्ला जोडने सडकको काम समेत चलिरहेको छ । भेरी करिडोरबाट जोडिएर पुर्वबाट जुम्ला , रुकुम पश्चिम जोडनका लागि अर्को सडकको विकास भएको छ । त्यस्तै भेरी करिडोरसँगै नलगाडको चौखाबाट बाँनियागाउँ हुँदै डोल्पाको नर्कुबाट माथिल्लो भागमा जोडनका लागि काम चालु अवस्थामा रहेको छ । यि त भए १४ वर्ष भित्र सडकमा भएका कामहरु ? अन्य पूर्वधारको क्षेत्रमा समेत धेरै ठुलो जग बसेको छ । जिल्लालाई उत्पादनमा जोडनका लागि ६ प्रकारका जोनहरु समेत जाजरकोटमै लागू भएका छन् ।
रैथानेबालीको संरक्षणका साथै उत्पादनलाई बृद्धि गर्नका लागि गाउँ ,गाउँमा सिँचाइ सुविधा विस्तार गर्नका सिँचाइ आयोजनाहरु निर्माण कार्य जारी रहेको छ । यो आर्थिक वर्षमा मात्र खानेपानी तथा सिँचाइका लागि ४७ वटा नयाँ योजना निर्माण कार्य जारी रहेको छ । जिल्लाको सबै भन्दा ठुलो फाँट रहेको कुदुमा समेत सिँचाइ सुविधा भेरी नदीबाट पानी ल्याएर भइरहेको छ । आधा दर्जन बहुवर्षे योजनाहरु समेत चालू अवस्थामा रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा भएको प्रगती
सदरमुकाम समेत रहेको खलंगामा ५० शश्याको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । भवन निर्माण पूरा भएसँगै यहाँ सेवा प्रवाहका लागि सहज हुने अपेक्षा गरिएको छ । झण्डै ३० करोडमा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुग्दा जिल्लाबासीलाई खुसी नै थपिएको छ । पालिकामा निर्माण कार्य जारी रहेका १० देखि १५ शश्याका अस्पतालहरु निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा ढिला हुन गएको तितो यथार्थ हाम्रो सामु रहेको छ । पालिकाका जनप्रतिनिधिको ताकेता र पहुँच कम हुँदा निर्माण व्यवसायीले नर्टेदा हैरान भएको छ । प्रत्येक वडामै स्वास्थ्य संस्थाको पहुँच हुँदा अधिकांश समस्य गाउँ ,घरमै हल हुने गरेको पाइन्छ । दुर्गममा डाक्टर नबस्ने रोग जाजरकोटका पालिकाले पनि ब्यहोरी रहेका छन् । छेडागाड नगरपालिकाका मेयर आफैँ निर्माण व्यवसायी हुँदा नलगाडको स्वास्थ्य संस्था निर्माणमा समस्य थपिँदै गएको छ । उहाँले समयमै स्वास्थ्य संस्था निर्माण गर्न चुनौति समेत रहदै आएको छ । बारेकोट गाउँपालिकामा बौद्धिक एवं शिक्षणसँगै पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका पालिकाका अध्यक्ष बीरबहादुर गिरी भएका कारण त्यहाँ कामको गति देखिएको छ ।
अहिले पालिकामा भखैरै मात्र स्वास्थ्य संस्थाको भवन निर्माण सुरु गरिएको छ । भेरी नगरपालिका पुरानै पालिका भएकाले यहाँको विषयमा त्यति बोलीहाल्ने अवस्था छैन । विकासको नाममा समस्यबाट गुर्जीरहेको जुनिचाँदे र कुशे गाउँपालिका हुन् । यहाँ सडक समेत पालिका सम्म जान र आउन फलामको चिउरा चपाएझैँ हुने गरेको छ । स्वास्थ्य संस्थाको अवस्था यहाँ समस्य मूलक नै रहेको छ । स्वास्थ्य क्षेत्रमा फडको मारेको नलगाड नगरपालिका रहेको छ । दुइ पटक माओवादीले नै नेतृत्व गरेको पालिका समेत नलगाड हो । यो भेरी करिडोरले अधिकांश भाग छोएको पनि छ । सबैको भरोसा नलगाड नगरपालिकामा रहदै आएको छ ।
भेरीको काफचौरमा जाजरकोट बहुप्राविद्यिक शिक्षालय सञ्चालनमा रहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको पढाइ समेत भेरीमै हुँदै आएको छ । जनयुद्धबाट थिलोथिलो भएको जिल्ला समेत जाजरकोट हो । कडा भूगोल भएका कारण यहाँ गर्न खोजिएका कामहरु समयमै निर्माण गर्न समस्य हुँदै आएको थियो । शान्ति प्रक्रिया यताका अधिकांश समय माओवादी सत्तापक्ष हुँदै आएको छ । जिल्लाको विकास जती भएको छ , त्यो सबै माओवादीकै देन हो । पेट दुख्दा बोक्सीले , राक्षसले झर हान्यो भनेर धामी,झाक्री बोलाएर हेराउदै गर्दा मृत्यु हुने जाजरकोटबासीहरु अहिले स्वास्थ्य क्षेत्रमा भएको परिवर्तनले अधिकांश समस्यहरु गाउँमै हल गर्दै आएका छन् । यहाँको गरिवीहरु जिल्लाको उत्तरी पुर्वमा रहेको ठुला हिमाल भन्दा अग्लो रहदै आएका थियो तर अहिले उत्पादन , बजारीकरणले गर्दा विस्तारै दुर हुँदै गएको छ ।
सबै भन्दा बढी नेता कहाँ जन्मिए
सबै भन्दा बढी नेता जन्माउने ठाउँ भेरी नगरपालिका हो , तर यहाँको राजनीति सबै भन्दा फोहोरी रहेको छ । सदरमुकाम भित्रको जनसंख्य कुनै पार्टी भन्दा पनि जहाँ फाइदा हुन्छ त्यही जाने खालको रहदै आएको छ । तर सदरमुकामले अहिले सम्म पत्रकार महासंघ बाहेक अन्य ठाउँमा केही पाएको छैन । आफ्नो भन्न बित्तिकै पार्टीको हुइप कुनै नलाग्ने सदरमुकाम अनौठो राजनीतिको खेल खेल्दै आएको छ । अहिलेका उर्जामन्त्री शक्तिबहादुर बस्नेत समेत यही पालिका हुन । केन्द्रीय स्तरका सबै भन्दा बढी नेता भेरीमै रहेका छन् । नेकपा – माओवादी केन्द्र) का स्थायी समिति सदस्य सत्य पहाडी ,कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, केन्द्रीय सदस्य रामदिप आचार्य , ढकबीर राना, गगन खड्का , कृष्ण शाह, साकार आचार्य , मायाप्रसाद शर्मा रहेका छन् । त्यस्तै नेकपा एमालेबाट केन्द्रीय स्तरका नेताहरुमा भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य , सिपि घर्ती रहेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह समेत सदरमुकामकै हुन , हाल उनको ठेगाना काठमाडौँ रहेको छ । अर्का नेता दिपक जंग शाह समेत भेरीकै हुन ।
त्यस्तै दोस्रो स्थानमा नलगाड नगरपालिका नेता जन्माउने पालिकामा पर्दछ । पूर्वमन्त्री गणेशप्रसाद सिंह , माओवादी जिल्ला संयोजक तथा नलगाडमा पुर्व मेयर टेकबहादुर रावल , जिससका पुर्व प्रमख मनबहादुर रावल नलगाडकै हुन । अन्य दलका नलगाडमा नेता कम नै रहेका छन् । नेपाली कांग्रेसका छवि पन्त , किशोर मल्ल नयाँ पुस्ताका जिल्ला स्तरिया नेतामा पर्दछन् । एमालेमा नवराज सिंह ,धर्मबहादुर शाही , नवेन्द्र नेपाली , रित्ता रावल लगाएतका नेताहरु नलगाडमै रहेका छन् । सबै भन्दा बढी सत्तामा रहनेमा भेरी एक नम्वरमा पर्दछ । जहाँको स्थानीय सत्ता एमालेको हातमा रहदै आएको छ भने केन्द्रीय सत्ता माओवादीको पोल्टामा पर्दै आएको छ । प्रदेशको सत्ता माओवादीबाट फुत्किएर अहिले कांग्रेसको हातमा परेको छ ।जनताको मतको विश्वास भन्दा पनि पैसाँमा बढी राजनीति हुने रैछ भन्ने यूवाहरुमा पर्दा राजनीतिलाइ अहिले इमान्दारिता भन्दा पनि विद्रोहको रुपमा लिन थालिएको छ ।
त्यस्तै पश्चिमबाट एमालेले यो भन्दा अघिल्लो कार्यकाल प्रदेशसभा सदस्य पाएको थियो । अहिले कांग्रेसको पोल्टामा पर्दै आएको छ । प्रदेशको सत्तामा जाजरकोट माओवादीको सहभागिता शुन्यमा झरेको छ । माओवादीको हैसियात जाजरकोटमा तेस्रो अवस्थामा रहेको छ । राजनीतिमा जसको हैसियात जे भएपनि अहिले जिल्लाले दुइ जना मन्त्री पाएको छ । प्रदेशमा अर्थ र संघमा उर्जामन्त्री पाएको छ । यो समयमा यहाँका विकास निर्माणका कुरालाई जोड दिन सकेमा त्यो नमुना हुने कुरामा शंका छैन । यो भन्दा पहिले प्रदेशमा जलस्रोत मन्त्री जाजरकोटले पाएको थियो । पटक पटक संघमा मन्त्री पाएपनि त्यो छोटो समय हुँदा भनेको जति काम हुन नसकेको स्पष्ट नै रहदै आएको छ । अब यो पटक दुइ तहका सरकारमा अर्थपूर्ण सहभागिता गराएर जिल्लालाई थप विकासको मुल अझ बढाउन सबैको अपेक्षा छ ।
नलगाड ,ताक्सुगाड सँगै जगदुल्ला बनाउन सके कार्यकाल सफल
छिमेकी डोल्पाको जगदुल्लासँगै जिल्लाकै नलगाड र ताक्सुगाड जलविद्युत आयोजनाको कामलाई गति दिन सके यो पटकका मन्त्रीको कार्यकाल सफल हुने छ । १३२ ,३२ र ११ केभी लाइनलाइ व्यवस्थित गरी कर्णालीका सबै जिल्लामा विद्युतीकरण गर्न सके यो कार्यकाल अझैँ प्रभावकारी हुने देखिन्छ । समय परिवर्तनसँगै मानिसका आवश्यकता फेरिने कुरामा दुइ मत छैन । देशमा आर्थिक मन्दी भएको समयमा धेरै कुराको आश गर्न सकिने ठाउँ छैन । जाजरकोट जुम्ला सुरुङ मार्गको कामलाई अगाडी बढाउन सके यो कार्यकालमा अर्को उपलब्धी हुने थियो । नत्र यो अवसरमालाई सदुपयोग गर्न सकिएन भने आए राम ,गए राम बाहेक अरु हुन नसक्ने विश्लेषण प्रयाप्त रहदै आएको छ ।



