तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत ः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

सचिव बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन् ।
शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन् ।





error: Content is protected !!