आज पृथ्वी दिवस

काठमाडौं ः पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष वातावरणको क्षेत्रमा भएको उपलब्धिलाई सम्मान गर्नका लागि अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ।
सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो।
यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ।
जीवन अस्तित्वमा रहेको पृथ्वी बर्सेनी तात्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०.८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदुषणका कारण तापक्रम बढ्दै गएको विज्ञहरु बताउँछन् । मानव क्रियाकलपाले नै पृथ्वीको अस्तित्व संकटोन्मुख हुँदै गर्दा यसको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूले बताएका छन्।
नेपाल सरकारले यस वर्ष पृथ्वीको संरक्षणसम्बन्धी कुनै औपचारिक कार्यक्रम राखेको छैन।



