सुर्खेत १ बाट निर्वाचित तीनैजना मन्त्री ?

सुर्खेत ः नेपाली कांग्रेसका उपसभापति एवं अहिलेका रक्षामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो–सुर्खेत १ । गत मंसिर ४ गते भएको आम निर्वाचनमा यो क्षेत्रबाट गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका थिए । २ वटा प्रदेशसभा निर्वाचित क्षेत्र रहेको यहाँबाट गत मंसिर ४ गतेको आम निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा खड्का, १ ९क० बाट कांग्रेसकै खड्गबहादुर पोखरेल र (ख) बाट नेकपा माओवादीका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए ।

अहिले यी तीनै जना मन्त्री बनेका छन् । खड्का नेपाल सरकारको रक्षा मन्त्री बनिसकेका छन् भने (ख( बाट निर्वाचन माओवादीका जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार गठित नयाँ सरकारमा (क( बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल पनि मन्त्री बनेका छन् । पोखरेल प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् ।





error: Content is protected !!