जगदुल्ला जलविद्युत आयोजनाको सिइओमा सापकोटा

सुर्खेत ः जगदुल्ला जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटा न्यूक्त भएका छन् । चार जनालाई पछि पार्दै उनी अधिकृत भएका हुन् । पदपुर्ती समितिले बैशाख २ गते परीक्षा लिएको थियो । उक्त परीक्षाबाट सापकोटा सफल भएका हुन् । आयोजनाका प्रोजेक्ट म्यानेजरको रुपमा रहेका सापकोटा अब प्रमख कार्यकारी अधिकृत बनेका छन् । यो भन्दा पहिला निमित्त कार्यकारी अधिकृत रुपमा काम गरिसकेका सापकोटाले आयोजनालाई छोटो समयमा आयोजनाको कामलाई परिणाम आउने गतीमा लिएको डोल्पाका प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए । सापकोटा ४ वर्षका लागि न्यूक्त भएका हुन ।










