दुइ महिने अभियान सम्पन्न पछि समिक्षा गर्दै माओवादी

जाजरकोट ः संगठन विस्तार तथा जनभेटघाटमा दुइ महिना जनताको माझमा बिताएको नेकपा ( माओवादी केन्द्र्र) जाजरकोटले आज समिक्षा थालेको छ । जनताको सुझाव ,गुनासा तथा प्रतिक्रिया सहित आज समिक्षा बैठक सुरु भएको हो ।
बैठकमा सात पालिकामा सात वटा टिम बनाएर खटिएको टिम सहित जिल्लामा उपलब्धहरु बैठकमा सहभागी भएका छन् । माओवादीको अवस्था कम्जोर हुनुको कारण समेत बैठकले समिक्षा गर्ने छ । उक्त समिक्षामा केन्द्रीय सदस्य गणेशप्रसाद सिंह, जिल्ला संयोजक टेकबहादुर रावल, जिल्ला इन्चार्ज गगनबहादुर खडका , प्रदेश समितिका उपाध्यक्ष ढकबीर राना सहभागी भएका छन् त्यस्तै पुर्व जिल्ला समन्वय प्रमुख मनबहादुर रावल , केन्द्रीय सदस्य यज्ञबहादुर खत्री , कृष्ण शाह सहित ६० जना भन्दा बढी सहभागी रहेको पत्रकार कालीबहादुर नेपालीले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत यो समिक्षामा सहभागी हुने भनिएपनि व्यवस्तता कारण सहभागी हुन नसकेको नेताहरुले बताएका छन् । सबै पालिकाले आ आफ्नो पालिकाको अवस्था बारे जानकारी गराइरहेको पत्रकार नेपालीले दिए । उक्त कार्यक्रममा मायाप्रसाद शर्मा , रामदिप आचार्य सहभागी थिएनन । जिल्ला बाहिर भएका कारण सहभागी हुन नसकेको बताएको छ ।
पुर्वमन्त्री गणेशप्रसाद सिंहले माओवादी सधैँ जनताको माझमा रहेको भन्दै यो पटकको अभियानले झन हामीलाई नजिक बनाएको बताए । जनताको समस्य,दुखलाई हल गर्दै आएको जनताको पार्टी माओवादी भएकाले यो पटकको अभियानमा झन सम्वन्ध राम्रो बनाएको बताए ।बारेकोटमा खटिएका सिंहले सबै टोल ,टोलमा पुगेको बताए ।










