कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत ः कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली काँग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।
मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले आज राजीनामा दिएका हुन ।



