बिभेद विरुद्धकी अभियान्ता सरु प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ ः दलित मानव अधिकारकर्मी तथा पत्रकार सरु सुनार गत शुक्रबार प्रधानमन्त्रीबाट सम्मानित भएकि छन् । रिपोर्टस क्लबको २५ औ रजत महोत्सवको अबसरमा सरुलाइ विशेष संमान गरेको हो । नेपालको सामाजिक क्षेत्रमा कृयाशिल रहेर बिगत लामो समय देखि लैङिगक समानता र दलित मुक्ति आन्दोलनमा यहाले ब्यक्तिगत र संस्थागत तबरबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको भन्दै प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डबाट विशेष समान प्रदान गरिएको हो ।

सरिता बि।के। को चर्चित नाम सरु सुनार हो । सरुको जन्म नेपालको गण्डकी प्रदेशको स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं। २ मा कि सुनार नेपालको पश्चिमी भागको दुर्गम क्षेत्रको निकै गरिब परिवारमा हुर्केर जीवनमा धेरै संघर्ष गर्दै आएकी छन् । उनी हाल काठमाडौमा बसोबास गर्दै आएकी छन् । सामाजिक अभियान्ताका रुपमा क्रियाशील उनी बैचलर अफ आर्ट्समा अध्ययनरत छन् । सरु एक जवान र उच्च ऊर्जावान साहसी अभियान्ता हुन् । उनी दलित मानवअधिकारको क्षेत्रमा प्रभावशाली र प्रख्यात छिन ।

२० वर्षदेखिको नारीवादी आन्दोलनमा सक्रिय सरुले दलित १४ प्रतिशत रहेको दलित समुदायका पक्षमा दरिलो रुपमा आवाज उठाउँदै आएकी छन् । नेपालमा दलितहरु सामाजिक रूपमा पिछडिएको, आर्थिक रूपमा विपन्न र गरिब, राजनीतिक रूपमा बहिष्कृत र राज्यद्वारा सांस्कृतिक भेदभावमा पारिएका छन् भने तथाकथित उच्च जातिको समूह बनेको छ जसले बहुसंख्यक उत्पीडित मानिसहरुलाई शासन गर्दै आएका छन् । नेपाल छुवाछूतमुक्त राष्ट्र भएता पनि अझै सर्वत्र छुवाछुत कायम रहेको छ । दलितहरुले विद्यालयमा, सामाजिक जनजीवनमा, प्रहरी कार्यालय, राजनीतिक दल, समाजका हरेक अंगमा असुरक्षित रहेका छन् । नेपालको राज्य संयन्त्र र भित्र र बाहिरी हिंसा विद्यमान रहेका छन् । दलित समुदायको अत्यन्तै दयनीय अवस्था देखेर र यति धेरै उनीहरूमाथिको असामाजिक व्यवहार सहन नसकेर सरुले सामाजिक कुरितीकाविरुद्ध संघर्ष गर्न थालेकी हुन् ।

सरुले राज्यको विभेदकारी राज्य प्रणाली र बहिष्कृतहरूको लागि मानव अधिकार र समान न्यायको लागि लड्दै आएकी छन् । उनले दलितहरुलाई कानुनी र सामाजिक रूपमा उत्थान गर्नका निम्ति अभियान सञ्चालन गर्दै आएकी छन् । सरुको सहयोगमा सयभन्दा बढी बलात्कार पीडितले मुद्दा दायर गरेका छन् । घरेलु हिंसा र यौनजन्य क्रियाकलापबाट विस्थापित भएका महिलाहरु पुर्नस्थापना गराउनमा पनि सरुको महत्वपूर्ण भूमिका रहेको छ । अन्तराष्ट्रिय ओसारपसारमा परेकाहरुलाई फिर्ता ल्याउन तथा विदेशमा भएको भेदभावका विरुद्ध समेत सरुले आवाज उठाउँदै न्यायका लागि पहल गरेकी छन् । यसैगरी छुवाछूत तथा भेदभावका कारण कुटपिट गरी हत्या भएका अजित मिजार, लक्ष्मी परियार र मन सार्की, माया विक, नवराज विक, भीमबहादुर बिके लगायतको न्यायका लागि आन्दोलनको नेतृत्व गरेकी छन् । देशका विभिन्न क्षेत्रमा बलात्कार पछि मारिए र जातीय विभेदमा परेकाहरुको पक्षमा न्याय प्राप्तीको आन्दोलनमा निरन्तर लागिरहेकी छन् ।

सरु सुनार सामाजिक अभियान, साहित्य, मिडिया र अनलाइन टेलिभिजन मार्फत काम गर्दै आएकी छन् । सरुले दलित समुदायमा मात्र नभई विभिन्न सामाजिक अभियानहरुमा पनि सहभागि बन्दै आएकी छन् । उनले ुन् २०१५ मा भूकम्पबाट क्षति भएको नुवाकोटको बुधसिङ अन्नपूर्ण प्राबि आफ्नै पहलमा ५ कोठे भवन सहित ू अन्नपूर्ण प्राबि ू निर्माण गरिन । जहाँ १५० भन्दा बढि विद्यार्थी अहिलेसम्म निरन्तर अध्यन गरिरहेका छन ।

व त्यस्तै पर्सा जिल्लाको दलित प्राथमिक विद्यालयमा, जहाँ दलित र अल्पसंख्यक विद्यार्थी पढ्थे खुला मैदानमा बसेर अध्ययन गर्थे , बिगत ११ बर्ष देखि डेस्क बेच्न नभएर घरबाट बोरा , स्याउला लिएर पढ्ने बिद्यार्थीका लागि डेस्क बेच्न नै निर्माण गरेर विद्यार्थीको पठनपाठनमा सहज र नयाँ उत्साह थपिन उनीहरुका लागि २०१६ उनीहरुका लागि भवन निर्माणमा सहयोग साथै शैक्षिक सामाग्री बितरण गरेकी थिइन् । उनले पोखाराको हेम्जामा अपाङ्गता भएकी आमाका छोरिको लागि दुइ कोठे घर नै आफ्नो पहलमा निर्माण गरिन साथै उनिहरुको लागि आर्थिक सहयोग समेत जुटाएकी थिइन् ।

उनले अति गरिब दलितलाई आर्थिक सहयोग गरिरहेकी छन् । अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुलाई समेत सहयोग जुटाउँदै सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएकी छन् । उनै पहलमा मिर्गौला पीडितले नयाँ जिबन , क्यान्सर पीडित रोगिहरुले नयाँ जिबन पाएका छन् । mददक नाम निस्केर आर्थिक अभावले भर्ना हुन नसकेको रुकुम कि एक दलित विद्यार्थीलाई सामाजिक संजाल बाट नै १२ लाख सहयोग जुटाइ भर्ना गरिदिएकि थिइन् ।
सामाजिक सेवामा कृयासिल सरु रोगि , गरिब र पीडितको मलम र सहारा नै बनेकि छन् । उनी अहिले संयुक्त दलित सञ्जालको अन्तर्राष्ट्रिय समन्वय समितिकी सल्लाहकार छन् । सैघाली मिडिया ग्रुपको संचालक । दलित साहित्य तथा संस्कृति प्रतिष्ठान सचिब छन् नेपाली समाज र दलित तथा लैङ्गिक आन्दोलनमा सक्रिय सरुबाट धेरै महिला र दलितले पाठ सिक्नुपर्छ । उनको संघर्षबाट धेरै युवा युवती उत्प्रेरित भएका छन् ।

सरुको व्यक्तिगत कौशलता भनेको लैङ्गिक र दलित अधिकारको सहजकर्ता
समाचार लेखन, लेखक, रेडियो प्रोग्रामर र टेलिभिजन प्रसारण, सामाजिक सञ्जालमा दमदार प्रस्तुती विशेष हो । सरुले सन् २०१५ देखि २०१८ सम्म रेडियो मिरमिरे एफएममा ‘सामाजिक सरोकार’ कार्यक्रम सञ्चालन गरेकी थिइन् । त्यस्तै न्यूज २४ टेलिभिजनमा ‘सामाजिक सरोकार’ कार्यक्रममा प्रस्तोताको रुपमा सन् २०१६ देखि १ वर्षसम्म काम गरेकी थिइन् । सैघालि मिडिया अन्तर्गत अनलाइन समाचार र टेलिभिजनका कार्यक्रम डिजाइनर र सहजकर्ताको रुपमा समेत काम गरेकी छन् ।

त्यसैगरी नारी आवाज फाउण्डेशन नेपाल, २०१७ देखि अध्यक्ष, २०२१ देखि दलित महिला संगठनकी अध्यक्ष रहेकी छन् । उनले महिला आत्मरक्षा प्रशिक्षण, घरेलु हिंसा र सामाजिक भेदभाव, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, महिला र दलितका लागि नेपाल ऐनको कानुनी प्रावधान र प्रभावकारी कार्यान्वयन तथा रेडियो र भिडियो पत्रकारिता सम्बन्धि प्रशिक्षण लिएका छन् ।

सरुले मलेसिया, सिंगापुर, हङकङ, बेलायत , भारत, दुबई, अमेरिका लगायतका अन्तर्राष्ट्रिय भ्रमणहरु गरिसकेकी छन् । यसअघि सरुले सन् २०१९ मा अन्तर्राष्ट्रिय एन–पिस पुरस्कार, २०१८ मा दलित महिला क्षेत्र पुरस्कार, २०२१ मा इन्द्राणी राम अन्तर्राष्ट्रिय पुरस्कार, सन् २०२१ मा इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल अवार्ड र २०२२ मा वाग्मती प्रदेशका मुख्यमन्त्रीद्वारा महिला सशक्तिकरण राष्ट्रिय पुरस्कार , अन्तर्राष्ट्रिय सोसल एस्ट्रा अडिनरी अवार्ड २०२३ प्राप्त गरेकी छन् ।

सरुले आफु नेपाली दलित महिला भएर धेरै दुःख व्यहोर्नु परेता पनि लामो समयको संघर्ष पछि प्राप्त सफलताले उत्साहित भएको बताइन् । उनले भनिन्, ‘म अझै आफ्नो समुदायका लागि क्रियाशील रहन्छु, मेरो जीवनमा प्राप्त गरेका मान सम्मान र पुरस्कारहरुले थप उर्जा दिएको छ ।





error: Content is protected !!