शारीरिक अपाङ्गलाई कृतिक सामग्री वितरण

जाजरकोट ः शारीरिक अपाङ्ग भएका बालबालिकालाई दैनिक सक्रिया क्रियाकलापमा सहभागी गराउन बिभिन्न कृतिक सहायता सामग्रीहरु प्रदान गरिएको छ ।
कुशे गाउँपालिका भित्र रहेका शारीरिक रुपमा समस्यमा परि सहायता कृतिक सामग्री उपलब्ध गराएपछि दैनिक जीवनयापनमा सहज हुन सघाउ पुग्ने बालबालिकालाई उक्त सामग्री बितरण गरिएको हो । १० जना बालबालिकाले कृतिम सहयाता सामग्री पाएसँगै खुसी भएका छन् ।


सेभ द चिल्ड्रेनको सहयोग, पहाडी क्षेत्र विकास अभियान, जाजरकोट सहयात्रा (दोस्रो परियोजना) , कुशे गाउँपालिकाको संयुक्त आयोजनामा तथा लर्ड बुध्द एजुकेशनल एकेडेमी नेपालगंज मेडिकल शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा शारीरिक रुपमा समस्यमा परेका बालबालिकालाई स्वास्थ्य शिविर मार्फत उक्त सामग्री दिइएको पहाडी क्षेत्र विकास अभियानका शिक्षा संयोजक अरूण पाठकले जानकारी दिए ।
अपांगता पहिचान सिविरमा पहिचान भएका १० जनालाई सहयोग गरिएको थियो । कुशे ५ का ४ बर्षे बालकलाई रोलाटेर ( हिड्न सहयोथी मेसिन), कुशे ८ का १ बर्षे बालिकालाई कृत्रिम खुट्टा, कुशे ८ का ३ बर्षे बालिका लाई खुट्टाको कुरकुच्चो मुनि पुर्ण भाग (सोल), कुशे ५ का बालकलाई कृत्तिम हात तथा अन्य बालबालिकालाई मोडिफिकेसन जुत्ताहरू उपलब्ध गराएको छ ।





error: Content is protected !!