कर्णालीको सभामुखमा कांग्रेसबाट पोखरेल उम्मेदवारी दत्र्ता ,एमालेबाट गुरुङको उम्मेदवारी दिदै

सुर्खेत ः कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल क्षेत्र १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । त्यस्तै नेकपा एमालेबाट सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ।

शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो। एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए। सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। भने उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन्।





error: Content is protected !!