इन्क्लाव जिन्दावाद 

सत्य पहाडी
कटाक्षको कर्कराहटमा रमाउनेहरू
सत्यताको जरो निमोठेर
वकवासमा विराजमान अस्तीत्वको
झुट राज भत्कने डरले
सन्त्रस्त भइरहन्छन
लुटको स्वर्ग रक्षार्थ
कुकृत्य छुयाएर
लगाइरहेका हुन्छन सफेद बस्त्र
मात्र बाँकी हुन्छ
हातमा कमन्डलु र रामजप
हृदयमा पाखण्ड भरेर
कुटील आँखाहरुमा
दुनियाँको जिन्दगी जलेर
खरानी को थुप्रो लाई ऑसुले मुछेको
घृणित सपना सजाएको हुन्छ
आफ्नो हासोको निम्ती
दोङगको सस्त्र ले
दुनियाको खुशी लाई रेटेर
पसिनाले साटेको शुख लाई
रक्तमुछेल बनाएर
आफु दुधले नुहाएर
सालिन सन्त को खोल भिरिरहन्छन
दोस कसलाई लगाउने ?
होस कस्को कसले सम्हाल्ने ?
ऑखा खुलेनर अझै ?
विद्रोहको नगरा त
अस्ती नै बजेको हो
कुरीती कुसंस्कार रअसामाजिक साङग्लो
धर्म संस्कृति र परम्पराको हतकडी
तोडेरै जनयुद्धको बाटो पसेकी हुन
उनी विरता विरंगना र योद्धा
स्वतन्त्रता मुक्ति र समानताको
एक वेजोड विद्रोह तोप पट्काएकै हुन
अझै किन कान खुलेन ?
बा संस्कारमा हुर्कियको
निरंकुशताको ब्यभिचार
त्यस्कै वरीपरी हुर्किएको सुसुप्त दासता
सहर्स स्वीकारेर
के बाँच्छ र स्वाभिमान कमरेड ?
विगतको कथाले मात्र
विर्सियको ब्याथाले मात्र
के अहिलेको प्रवृत्तिको
परीभाषा लाग्छ र कमरेड
अरुले लडीदिएको लडाइबाट
बचेको अस्मीता को नासोले
पैंचो असुली रहन मिल्ला र कमरेड
आस्वासनको मदिरा पिएर
निदायको स्वाँङ कति गरीरहने हो ?
अव त ब्यूझनुपर्ला नी साहिला
हिजो राजालाई दाम चढाउनु
बाहरुलाई जामा पहिराउनु
के केहि फरक छ र त माहिली ?
भ्रमको भण्डार भित्र राखेर
अपराधको चास्नी चाखीइरहनु
बाको अर्को दाउपेच हो
रगतले लेखिएको जनाधीकार च्यातेर
दाई खेल्न नपाए
अरुको घर भत्काउछु भन्नु
कहाँको प्रजातन्त्र हो ?
प्रतिगमनको हतियारले
अरुको अधिकार रेट्छु रेट्छु भन्नु
कुन कम्यूनिष्ट दस्तावेज हो ?
नाङ्गीनु को घिनलाग्दो पराकाष्ट लाई
छि छि भनेर थुक्नु पनि
थुककै अपमान हुनेगरी
कति वेहोसिन्छौ काहीला ?
कति वहकिन्छेउ र काहिली ?
अव त आउ हाम्रो लाममा
लामचारा बनौला
एकतामा विजय छ
हाम्रो यात्रा सगरमाथाको हो
समाजबादको क्षितिजमा पुग्न छ
चुनौतिमा नै चमत्कार हुन्छ
हामी संगै लालचरी बनौला
इन्क्लाव जिन्दाबाद संग संगै भनौंला ।
मर्न परे संगै मरौंला





error: Content is protected !!