अभिनेत्री कमरलाई सामाजिक सञ्जालमा विवाहको प्रस्ताव (तस्विरसहित)

एजेन्सी। पाकिस्तानकी लोकप्रिय अभिनेत्री सबा कमरले विवाहको प्रस्ताव स्विकार गरेकी छिन । अष्ट्रेलियन ब्लगर अजिम खानको प्रस्ताव कमरले स्वीकार गरेकी हुन ।

खानले सबाको इन्स्टाग्राम पोष्टमा यसै बर्ष विवाह गरौं है भन्दै प्रस्ताव राखेका थिए ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका ब्लगर अजिम खानको प्रस्तावमा ३६ बर्षीया पाकिस्तानी अभिनेत्री सबा कमरले कुबूल है भन्दै जवाफ फर्काएकी थिइन ।

कमरले अचानक विवाह प्रस्ताव स्वीकार गरेको यो घटनाले छिट्टै दुवैको विहे हुने चर्चा चलेको गल्फ टुडेले जनाएको छ ।





error: Content is protected !!