कालो साडीमा हट निया

मुम्बई ः बलिउड अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। हालै उनले कालो रङको साडीमा नयाँ तस्बिर सेयर गरेकी छन्। सामान्य मेकअप र खुला हेयर स्टाइलमा उनी निकै हट देखिएकी छन्।

अभिनेत्री शर्माका फ्यानले उक्त तस्बिरको निकै तारिफ गरेका छन्। कमेन्टमा एक युजरले लेखेका छन्, ‘तपाईंले माहोल जमाउनुभयो।’ अर्कोले लेखेका छन्, ‘कोही दमकल बोलाओ।’

शर्मा यथाशीघ्र फिल्म ‘जमाई राजा २-०’मा देखिँदै छिन्। फिल्ममा उनको जोडी रवि दुबे रहेका छन्। फिल्मको टिजरसमेत रिलिज भएको छ। फिल्ममा रवि र नियाको बीच निकै बोल्ड दृश्यसमेत रहेको बताइएको छ।





error: Content is protected !!