आह्वान

सत्य पहाडी

रातलाई साथमा लिएर
दिनलाई छोपि राखने
आरिसको कालो बादल
एक रत्ती मन पर्दैन उनिहरुलाई
बेतुकको कोकोहोलो
बेमौसमको वृष्टी
हो कत्ति मन पर्दैन लामचराहरुलाई
हुन त कहाँ सम्भव छ र
हर साँझ निश्साचार फैलाएर
तथ्यको क्षितिजलाई छेकेर
समयलाई रोकिराख्न
हावा पनि छ

हुरी पनि छ
गतिलाई गालि गरेर
स्थिरतालाई निरन्तरता दिन
कहाँ सम्भव छ र
हर बिहान नयाँ हुन्छ
प्रतिगमनको सिरेठोले
उध्दण्डताको आट्टाहासले
कहाँ भत्कन्छ र जनअमन
कुण्ठाका पोकाहरु फुकालेर
दिवा सपनाको रंगमंचमा
नाचिरहोस पश्चगमन

के फरक पर्छ र अग्रगमनलाई
बरु आशंकामा आत्तीनु
निष्ठा बिर्सेर निशास्सीनु
कदाचित राम्रो होईन
अस्तिरताको आवेग भित्र
अहमतामा अडिरहनु
बिवेक त हुदै होईन
अशन्तुष्टिलाई समेटेर
हितताबोधको चिच्याहट
सडकभरी पोख्दैमा
बिश्वासका सतिशालहरु
कहाँ ढल्छन र
बरु जुटौं सबै

रक्त सिंचित बिहानीको
सुन्दर बगैचा बचाउन
निशवार्थ संकल्पीत मालि बनौं
गुन्जायस छैन मनमुटाव को
एकतापुण अठोटमा आँट हुन्छ
संकल्पमा साथ र जित हुन्छ ।
लेखक पहाडी ः प्रतिनिधिसभा सदस्य हुँनुहुन्छ ।





error: Content is protected !!