चौध प्रहरी चौकी भाडाको घरमा

हेमन्त केसी
जाजरकोट , २८ वटा प्रहरी कार्यालय मध्य जाजरकोटमा चौध प्रहरी कार्यालयहरु भाडाको घरमा कोचिएर बसीरहेको पाईएको छ ।
चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीहरुले बताएका छन् । जिल्लाको ईलाका प्रहरी कार्यालय बारेकोट , गर्खाकोट , रिम्ना , जगतीपुर , अछानीमा भाडाको घरमा सञ्चालन भएका छन् । त्यस्तै रग्दा , सिमा नायकवाडा ,सक्ला , मटेला , कुदु , छेडाचौर ,लिम्सा भार्मा थर्पु लगाएतका ठाउँमा रहेका प्रहरी चौकीहरु समेत भाडाको घरको कुनामा थन्किएका छन् ।
गाउँमा रहेको प्रहरी चौकीमा बत्ती , खानेपानी लगाएको समस्य हुँने गरेको छ । सदरमुकाम स्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजेपनि समयमै सम्पर्क हुँन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । प्रयाप्त दरवन्दी समेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्न वितिकै प्रहरी चौकीहरुमा सम्पर्क टुट्ने गरेको प्रमुख श्रेष्ठले जानकारी दिए । बस्न , खानाका साथै सुत्नका लागि समेत निकै अप्ठ्यारो हुँदै आएको छ ।
प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमका सेवाले काम नगर्दा दैनिक कामकारवाहीमा समस्य भोग्नु परेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिदा आफै पनि कति बेला भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको डिएस्पी श्रेष्ठको भनाइ छ ।











