कैदीलाई ३० दिन सुत्न नदिँदा खान थाले आफ्नै मासु

एजेन्सी / मस्को – दोस्रो विश्व युद्धमा यस्ता यस्ता भयावह घटना भएका थिए कि यसको खुलासा आजसम्म पनि भइरहेको छ । यी मध्ये एक रसियन निद्रा अनुभव पनि रहेको छ, जसको बारेमा जानकारी दोस्रो विश्व युद्ध समाप्त भएको वर्षौपछि देखा परेको छ । २००९ को एक रिपोर्ट रुसको यो अमानवीय र बिभत्स परीक्षणको इतिहासमा रसियन स्लीप एक्सपेरिमेन्टका नामबाट चिनिदै आएको छ । हामीले धेरैजसो सु्नेका छौ कि पहिलो विश्वयुद्धको तुलनामा दोस्रो विश्वयुद्धमा भयानक अवस्था भएको थियो । किनकी यो अवधिमा जहाँ खतरनाक हतियार प्रयोगमा ल्याइएको थियो । युद्ध बन्दि र कैदिमाथि पनि खतरनाक तरिकाको अमानवीय प्रयोग गरिएको थियो । आज हामी तपाईलाई यस्तै खतरानक प्रयोगको बारेमा बताउन गइरहेका छौ । जसमा युद्धबन्दीलाई सोभियत संघले जब लगातार ३० दिनसम्म सुत्न दिएको थिएन ।

यस्तो थियो रसियन स्लीप एक्सपेरिमेन्ट
२००९ मा क्रिपीपास्ता विकिको नामको एक वेबसाइटले सोभियत संघद्वारा गरिएको यो परीक्षणको खुलासा भएको थियो । वेबसाइटका अनुसार १९४० मा सोभियत संघले यस प्रयोगका अनुसार दुश्मन देशका पाँच बन्दीलाई छनौट गरेका थिए र प्रयोगको रुपमा ३० दिन सम्म १ कोठामा बन्द गरेर राखेका थिए र लगातार एक महिना उनीहरुलाई सुत्न दिएको थिएन ।
रिपोर्टका अनुसार यदी यी पाँच कैदीले लगातार ३० दिन सम्म नसुतिकन बिताए भने उनीहरुलाई रिहा गरिने सर्त राखिएको थियो । तर यो प्रयोगको समयमा पाँच कैदीले अचम्मको व्यवहार गरेका थिए । रिपोर्टका अनुसार पाँच कैदीलाई उनीहरुको बन्द कोठामा खानापिन, पढ्नका अतिरिक्त अनेक किसिमका सुविधा दिइएको थियो । तर सुत्न र बस्नका लागि कुनै व्यवस्था थिएन । कैदीलाई निद्रा आएन । किनकि उनीहरुको कोठामा एक ग्यास पनि छोडिएको थियो । जसले उनीहरुलाई लगातार जगाई राख्थ्यो ।

पाँचौ दिनदेखि फेरिन थाल्यो कैदीको व्यवहार

रिपोर्टका अनुसार चार दिन सम्म कैदीको व्यवहार सामान्य थियो । तर पाँचौ दिन कैदीको व्यवहार असामान्य हुन थालेको थियो । नवौ दिन एक कैदीको मानसिक सन्तुलन खाराब भयो र घन्टौ सम्म कराउन थाल्यो । उक्त कैदी यती चिच्याएको थियो कि उसको घाँटीको भोकल कार्डनै फाटेको थियो । केही दिनपछि सबै कैदीको अवस्था यस्तो भयो कि सबैले आफ्नो मानसिक सन्तुलन गुमाए । सबैले आफ्नो अचम्मको आवाज निकाल्न लागेका थिए । कैदीले खाना खान पनि छोडेका थिए ।
पछि शोधकर्ता जब कोठामा जम्मा भए र कपाल ठाडो बनाउने अवस्थामा देखिए । कोठाको चारैतिर रगतको आहाल बसेको थियो र कैदीको अंग काटिएको थियो । पाँचौ दिन कैदी आ–आफ्नै शरीरको टुक्रा–टुक्रा गरेर खान थालेका थिए । जब शोधकर्ताले पनि यो अवस्थालाई देखेर डराए तब पाँचौ कैदी बाहिर निक्लिएको थियो । यो अवधिमा पनि सबै कैदी ठूलो ठूलो आवाजले कराउन थालेका थिए । जब कैदीको शल्यक्रियाका लागि मार्फिनको आठ सुइ लगाइयो, यसले पनि उनीहरुलाई कुनै असर गरेको थिएन । यद्यपि शल्यक्रियाको समयमा तीन कैदीको ज्याननै गएको थियो । बाँकि कैदीलाई सोही कोठामा बन्द गरिएको थियो ।

रुसको खण्डन
यो प्रयोग दोस्रो विश्व युद्धको समयमा गरिएको थियो । तत्कालिन सोभियत संघको कार्यकालको खुलासा एक लेखमा २००९ मा गरिएको थियो । तर रुस सरकारले यस्ता कुनै परीक्षण गर्नबाट अस्वीकार गरेको थियो । कयौ समयपछि आज पनि रसियन स्लीप एक्सपेरिमेन्टको कुनै राम्रो प्रमाण फेला परेको छैन ।





error: Content is protected !!