पाल्पामा निषेधाज्ञा जारी

सुशीला रेग्मी

रामपुर (पाल्पा) जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको छ ।

बाहिरबाट जिल्लामा मानिस भित्रिने क्रम बढ्दै जानु, बजार क्षेत्रमा भिडभाड बढ्न थालेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्युनिकरण गर्न प्रशासन कार्यालयले शुक्रवार राती १२ वजेदेखि भदौ १२ गते राती १२ वजे सम्म पाल्पा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

एम्बुलेन्स, शववाहन, खाद्य सामग्रीबाहक साधन, औषधी बोकेको सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेको सवारी साधन, पानी, दुध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेको सवारी साधन भने संचालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य, सुरक्षा, संचार, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक सरकारी सेवा संचालन हुनेछन् । औषधी व्यवसाय, खाद्यान्न पसल, फलफूल, तरकारी, डेरी पसल बिहान ७ वजे देखि १० वजे सम्म संचालन हुने जनाइएको छ ।

यसैबीच रामपुर नगरपालिकाले मंगलवार राती १२ वजेदेखि भदौ १२ गते राती १२ वजे सम्म निषेध गरेको छ । रामपुर भित्रने विभिन्न सिमा नाकाहरु कडाई गरिएको छ ।

चाडपर्वको समय भएकाले बजारमा चलपहल बढ्दै जानु र बाहिरबाट रामपुर भित्रने नागरिकको संख्या बढ्न थालेपछि कोरोनाको सर्तकता अपनाउँदै दश दिनका लागि आवतजावत निषेध गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!