चट्याङ्गले एकको मृत्यु बाढीले वडा कार्यालय , पुल बगायो, एक सय ५० घर जोखिममा

जाजरकोट ,  अविरल वर्षासँगै जात खोलामा आएको बाढीले बुधबार विहान शिवालय गाउँपालिका – ६ को वडा कार्यालय भवन बगाएको छ ।
भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडा अध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो । यस्तै भीषण वर्षाका कारण वडा नम्बर ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब एक सय ५० घर पहिरोको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
केही घर चर्किएका छन् । पहिरोको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उहाँले जानकारी दिनुभयो ।


बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ । पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिनुभयो ।


त्यस्तै चट्याङ्ग लागेर छेडागाड नगरपालिका– १३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन बर्षिय छोरा सुमन विकको वुधबार विहान परेको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
चट्याङ्गले घरमुली वीरबहादुर सहित उनकी बुहारी बृद्धकला परियार र परिवारका अन्य तीन जना घाईते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!