पहिरो पीडित भन्छन् ः भुटेको मकै खाएर दिन बिताउछौँ

नन्दा शाही
जाजरकोट , गत असार २५ गते बारेकोट गाउँपालिका ४ , ५ र ६ मा गएको पहिरोका कारण गाउँहरु छिया, छिया हुँदा विस्थापित भएकाहरुमा व्यवस्थापको चुनौती देखा परेको छ । राहत स्वरुप पाएको त्रिपालको भरमा उनीहरु जहान , परिवार जवरजस्ती बस्नु परेको छ ।

दैनिक पर्ने झरीका त्रिपालबाट पानी घुस्दा चिसो भुईमा सुत्नुपर्ने बाध्यता उनीहरु सामु रहेको छ । विस्थापितहरु चिसो , हिलाम्य भुईमा बस्दा निमोनिय र झाडापखालाको समस्य पर्न सक्ने स्थानीय मुनबहादुर बोहोराले बताउनुभयो । विद्यालयमा बसेकाहरुलाई खास समस्य नभएपनि त्रिपालमा बसेकाहरुलाई भने जोखिम बढेको छ । फोहोर खानेपानी , भुटेको मकै खादा दैनिक समस्या देखा पर्न थालेको वडा ४ की अध्यक्ष सिर्जना बस्नेतले बताउनुभयो । पहिरो पीडितको पिर मर्का बुझन गाउँ , गाउँमा गएका प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहलाई समेत सर्वसाधारणले यही पीडा सुनाएका छन् । १० दिन वित्दा सम्म भरपर्दो व्यवस्थापन नहुँदा हिलो , चिसो खुल्ला आकाशमा कति समय विताउने अर्का स्थानीय कालीबहादुर शाहीले बताउनुभयो ।

राहतको नाममा राजनीति नगर्न समेत उनको आरोप छ । त्रिपाल ल्याउदैमा राहत पुग्दैन , मान्छे भोगले मदैछन् उनले गुनासो पोखे । वर्षाको भेलसँग मिसिएको पानी पिउदा कती खेर के समस्य आउछ भन्न नसकिने सर्वसाधाणहरु बताउँछन् । भत्किएको घर हेदै त्रिपालको बाट भारी मन बनाएर बस्नु परेको पीडा उनीहरुसँग छ । मकै भुटेर ज्यान बचाएको पीडा उनीहरुसँग रहेको छ ।

खाद्यान्न ढुवानीमै समस्या

ठाउँ , ठाउँमा घोडेटो बाटोको नाम निसानै भत्किएका कारण खाद्यान्न ढुवानीमा समस्य देखिएको छ । अस्थायी रुपमा रहेका खोलाहरुमा पुल निर्माण नगरे सम्मा आवतजावतको सम्भावना कम रहेको सर्वसाधारणको भनाई छ । जिल्ला सदरमुकामका खाद्यान्न भरीभराउ भएपनि बारेकोटमा त्यो लिन सकिएको छैन ।

हवाई मार्ग बाहेक अन्य विकल्प कम रहेको गाउँपालिकाले जनाएको छ । हेलिकोप्टरबाट १४ बोरा लिएको चामलले ५ सय भन्दा बढी घरधुरीलाई हातको मुखमा जिरा हुँने सर्वसाधारणको भनाई छ । प्रदेश सरकारले जाजरकोटमा राहत बढी गएको भन्दै अरु ढुवानीमा आनाकानी गरेको पत्रकार महासंघका पुर्व केन्द्रीय सचिव एवं बारेकोट गाउँपालिका ६ धुमाका प्रभात चलाउने बताए ।

चलाउनेका कान्छा काका छोरा पहिरोमा परी वेपता भएका छन् । दैनिक पानी भारी मात्रामा परिरहेकोले घोडेटो बाटो निर्माण गरेपनि छिन भरमै बगाउने गरेको छ । सदरमुकामबाट नलगाड नगरपालिकाको कालीमटी सम्मा राहतका सामग्री पठाएपनि सो भन्दा माथी पठाउन मुस्किल हुँदै आएको छ ।





error: Content is protected !!