मेहन्दी, हरियो पोते, पहेँलो चुराले रङ्गिएको बजार

  काठमाडौँ,  साउन महिनाभर महिलाले हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरूको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ । पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शङ्कर अर्थात शिवको महिनाका रुपमा लिइन्छ ।

पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद गणेशराम लाक्षीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरूको लागि यो महिना बढी ।

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।

यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरा पोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।





error: Content is protected !!