बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

काठमाडौं ः देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएको पहिरोका बारेमा ध्यानाकर्षण गराउन जाजरकोटबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद तथा वनमन्त्री शक्ति बस्नेतको नेतृत्वमा गएको टोलीले देशभर बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरी त्यहाँ राज्यका विभिन्न आपतकालिन कोषहरुमा रहेको बजेट केन्द्रित गरी राहत तथा उद्धारको काम ततक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

अघिल्ला वर्षभन्दा यस वर्ष अत्यधिक पानी परेका कारण देशभर बाढी र पहिरोको प्रकोप अत्यधिक बढेको छ । साथै यसले ठूलो जनधनको क्षति पुर्याएको छ । यसैक्रममा पहिरोले जाजरकोटको बारेकोट गाउँपालिका पूरै प्रभावित बनेको छ । यस गाउँपालिकाका अधिकांश गाउँमा जमिन फाट्ने, चर्किने, पहिरो जाने, विगतमा सुख्खा रहने खहरे खोलाहरुमा पनि अप्रत्यासित रुपमा बाढी आउने गरेका छन् । त्यस क्षेत्रमा गएको पहिरोमा परेर अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ भने ३ जना वेपत्ता भएका छन । साथै पाँच सयभन्दा बढी घरपरिवार विस्थापित नै बनेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको अति बिकट क्षेत्र बारेकोटमा अहिलेसम्म पनि सडक सञ्जाल जोडिएको छैन । टेलिफोन सुविधासमेत राम्ररी जडान हुन सकेको छैन । अहिले पनि मान्छे, घोडा र खच्चरबाट मालसामान ढुवानी गरिरहेको यस गाउँपालिकामा वर्षा सुरु भएसँगै पैदल यात्रा गर्न पनि निकै कठिन बनेको छ । त्यसैले यहाँ पहिरो र बाढीको प्रकोपसँगै भोकमरीको समस्या पनि बढ्ने देखिएको छ ।

दुर्गम बारेकोट क्षेत्रमा राहत सामाग्री पुर्याएर फर्केपछि वनमन्त्री बस्नेतसहित जिल्लाका जनप्रतिनिधिहरुको टोलीले यसका बारेमा बुधवार गृहमन्त्रीसँग भेटघाट गरी तत्काल थप राहत तथा उद्धारका लागि ध्यानाकर्षण गराएको हो । डेलिगेशनमा पूर्वमन्त्री तथा संघीय प्रतिनिधि सभा सांसद सत्या पहाडी, राष्टिय सभा सांसद भैरवसुन्दर श्रेष्ठ, युवा नेताहरु रामदिप आचार्य, निरज श्रेष्ठ, पूर्व सांसद गोविन्द विक्रम शाह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउने लगायतको सहभागिता थियो ।

दुर्गम बारेकोट क्षेत्रमा राहत सामाग्री पुर्याएर फर्केपछि वनमन्त्री बस्नेतसहित जिल्लाका जनप्रतिनिधिहरुको टोलीले यसका बारेमा बुधवार गृहमन्त्रीसँग भेटघाट गरी तत्काल थप राहत तथा उद्धारका लागि ध्यानाकर्षण गराएको हो । डेलिगेशनमा पूर्वमन्त्री तथा संघीय प्रतिनिधि सभा सांसद सत्या पहाडी, राष्टिय सभा सांसद भैरवसुन्दर श्रेष्ठ, युवा नेताहरु रामदिप आचार्य, निरज श्रेष्ठ, पूर्व सांसद गोविन्द विक्रम शाह, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव प्रभात चलाउने लगायतको सहभागिता थियो ।

सो क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले देशभर बाढी र पहिरोको प्रकोप अत्यधिक बढेकोले यस विषयमा तत्काल सम्वोधन हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले कोरोनाको त्राससँगै बाढी र पहिरोले क्षति पुर्याउन थालेको उल्लेख गर्दै यो संकटसँग जुध्न सरकारले केही कार्ययोजना र कार्यविधि तयार गरिरहेको जानकारी पनि दिए ।

सो क्रममा वनमन्त्री शक्ति बस्नेतले बारेकोट क्षेत्रलाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गरी त्यहाँ विस्थापित भएकाहरुका लागि तत्काल गास, वासको व्यवस्था गनुपर्ने, यसैगरी देशभरका पहिरो र बाढीग्रस्त क्षेत्रहरुलाई समेत संकटग्रस्त क्षेत्रमा समेटेर उद्धार र राहतका कामहरुलाई प्रभावकारी बनाइनुपर्ने बताए । बारेकोटसहित देशभर पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुमा तत्काल भुगर्वविदको टोली पठाएर अध्ययन गर्नुपर्ने, पहिरो प्रभावित क्षेत्रका नागरिकलाई स्थानान्तरण गर्न र त्यहाँ पुनरनिर्माणका काम कार्यहरुको दीर्घकालीन योजना पनि बनाउनुपर्नेमा उनले जोड दिए । सो क्रममा डेलिगेशनमा सहभागी टोलीका सदस्यहरुले पनि आफ्ना सुझाबहरु राखेका थिए ।





error: Content is protected !!