नेकपा विवाद ; ओली–प्रचण्ड मन माझामाझमा, पार्टीभित्रको विवाद जस्ताको तस्तै

गम्भीर विवाद र राजनीतिक अन्तर्द्वन्द्वमा फसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै समाधान हुने संकेत देखापरेको छैन ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार पनि छलफलमा बसेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड कुनै निष्कर्षमा पुग्न सकेनन् ।

उनीहरूबीच तीन घन्टा छलफल भए पनि निष्कर्ष भने निस्कन नसकेको स्रोतले जनाएको छ । बुधबारको छलफलमा भने पार्टीभित्र देखापरेको विवादका विषयमा दुई नेताले विषय केन्द्रित गरेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

उनले बिहीबार पनि फेरि छलफलमा बस्ने र उक्त छलफलमा केही सकारात्मक नतिजा आउने संकेत मिलेको बताए ।

दुई अध्यक्षबीच मंगलबार पनि बालुवाटारमा छलफल भएको थियो ।





error: Content is protected !!