पहिरोबाट पीडित भएका सर्वसाधारणलाई यसरी लिईयो राहत ( भिडियो सहित)
जाजरकोट बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरोमा परि १० जनाको मृत्यु र २ जना बेपता भएका छन् । ५ सय भन्दा बढी घरहरु विस्थापित भएका छन् । विस्थापित र पहिरोमा परि मृत्यु भएका परिवारालाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा आज राहत सामग्री उपलव्ध गराएको छ ।
खराव मौसमका साथ बारेकोट पुगेका मन्त्री बस्नेत , पुर्वमन्त्री सत्य पहाडी , सांसद भैरवसुन्दर श्रेष्ठ , मायाप्रसाद शर्मा आज बारेकोटबाट फर्केका छन् । सांसद मायाप्रसाद शर्माका अनुसार खाद्यान्न , लत्ताकपडा , स्यानिटाईजर लगाएतका भारी सामग्री लिएर ठकुरी जिरी सामग्री झारिएको छ । हेलिकोप्टर बस्ने ठाउँ नभएका कारण मकैबारी हेलिकोप्टर अवतरण गरिएको र हेलिकप्टरको तल्लो भाग समेत गिल्लो माटोमा डुव्दा समस्या भएको थियो ।