बारेकोट पहिरो अपडेट ः पाँच सय सर्वसाधारणहरु विस्थापित, नौँ सव भेटिए

हेमन्त केसी
जाजरकोट , २७ असार ः पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा झण्डै पाँच सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिका –४ जिरीका ३२ घर , गोठगाँउका ८ घर , मैनागाउँका ५० भन्दा बढी विस्थापित भएको प्रहरीले जनाएको छ । हिमालय आधारभुत विद्यालय गोठगाउँ , भगवती आधारभुत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारणहरु गाउँ देखि माथी रहेको रतनकोट डाडामा आएर बसेको स्थानीय पत्रकार तीथराज बोहोराले जानकारी दिनुभयो । वडा १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् ।
त्यस्तै वडा ५ को पाखा , तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार ५ सय भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय , जंगलमा बसेको बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा खोला बढेका कारण जान सकिएको छैन । सवै गाउँलेहरुले गाउँ छाडेर खुल्ला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी वुद्धिजिवी जनकबहादुर शाहीले बताउनुभयो ।


पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीवार राती आएको पहिरोले बारेकोट ४ सार्कीटोलका दुई घर बगाउँदा नौँ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य शनिवार विहानै देखि जारी रहेकोवडा ४ की वडा अध्यक्ष सिर्जना बस्नेतले जानकारी दिनुभयो । नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी , जनप्रतिनिधि र सर्वसाधारणहरु वेपताको खोजी र विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिरहेको छ । राहल लिएर काठमाडौँबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराव मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।


९ जनाको सव भेटियो
बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा वेपता मध्य ५२ बर्षीय घरमुली गोपाल सार्की , उहाँका छोरा ११ बर्षीय अर्जुन सार्की , १४ बर्षीया छोरी तिर्खा सार्की , २० बर्षीया डिल्ली सार्की , कुशे गाउँपालिका ९ बाट दिदीको घरमा पाउन गएका १४ बर्षीया गौरी सार्की , १६ बर्षीया कविता सार्की , १८ बर्षीय बीरेन्द्र सार्की सव फेला परेको छ । त्यस्तै कल्पना सार्की , ६ वर्षीय सुभास सार्कीको पनि आज सव फेला परेको छ । बारेकोट गाउँपालिका ४ का अझैँ तीन र वडा ६ धुमाका त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकोमा अहिले सम्म सव फेला परेको छैन ।

घाईतेको उद्धार

बारेकोट गाउँपालिका ६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीयले खोलामा आएको बाढीले बगाएर किरानामा फाँकेको अवस्थामा स्थानीयले उद्धारगरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताउनुभयो । त्यस्तै पहिरोमा परि घाईते भएका बारेकोट ४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लिईएको छ ।

विस्थापितलाई खाने छैन

सडक सञ्जालसँग् नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुको लागि खाने कुरा नहुदा समस्य भएको छ । घर छाडेर जंगलमा बसेका सर्वसाधारणहरु हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुल्ला आकाशमा भिज्दै आफन्तको पीडामा दीन बिताएका छन् ।





error: Content is protected !!