प्रदेश सरकार गम्भिर नभएको गुनासो

जाजरकोट , २७ असार ः जाजरकोटबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्याहरुले प्रदेश सरकार गम्भिर नहुँदा घाईतेको उद्धारमा समस्या भएको गुनासो गरेका छन् ।

बारेकोट गाउँपालिका ४ र ६ मा तीन जना गम्भिर घाईते विरामीहरुको उद्धारमा प्रदेश सरकार गम्भिर नभएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।

शुक्रबार मौसमको कारण देखाएर हेलिकोप्टर उडाउन नमानेको प्रदेश सरकारले शनिबार मौसम हुदा पनि उद्धारमा चाँसो नदिएको गुनासो अर्का सभासदस्य करबीर शाहीले बताउनुभयो ।

कालीकोट र जुम्लामा भए मात्र प्रदेश सरकारले हेलिकोप्टर छिटो पठाउने तर अन्य जिल्लामा ध्यान नदिने गरेको शाहीले गुनासो गर्नुभयो । बारेकोटमा तीन जना पहिरोमा परी घाईते भएकाहरुको अवस्था नाजुक बन्दै गएको छ ।





error: Content is protected !!