गाउँमै पहिरोले बग्न थालेपछि सर्वसाधारण घर छाडे

हेमन्त केसी
जाजरकोट ,  बारेकोट गाउँपालिका – ४ र ५ दुइ दिन देखि परेको अविरल वर्षाका कारण गाउँ नै बग्न थालेपछि तीन दर्जन सर्वसाधारणहरु घर छाडेको छन् ।
वडा ४ को मैनागाउँ देखि तल रहेको राँगाखोलाको कटान उच्च बनाएपछि गाउँ नै जोखिममा परेपछि गाउँलेहरुले घर छाडेको स्थानीय शिक्षक धनबहादुर सिंहले जानकारी दिनुभयो । त्यस्तै वडा ५ को तोलखानाको कालाखोलीमा पहिरो जाँदा स्थानीयवासीहरुले घर छाडेर विद्यालयमा गएर बसेको र केही पहिरोको बीचमा बन्दाबन्दीमा परेको सिंहले जानकारी दिनुभयो ।
पानी नियमित परिरहेकोले वडा ४ को सार्कीगाउँमा पहिरोमा परी वेपता १२ जना मध्य १ जनाको मात्र सव निकालिएको बाँकी ११ जना अझै फेला पर्न नसकेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । मैनागाउँका सर्वसाधारणहरु जोखिम बढेसँगै घर छाडेका छन् । नियमित पानी परेका कारण फोन सम्पर्क बन्द भएको छ ।
सदरमुकामबाट नेपाल प्रहरी , सशस्त्र प्रहरी र सेना उद्धारका लागि घटना स्थल तीर लागेको छ । सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपुर्वमा पर्ने बारेकोट गाउँपालिका पानीका कारण सवै बाटो अवरुद्ध भएको छ ।

उद्धारका लागि खटिएको टोली राती अवेर सम्मा मात्र पुग्न सक्ने आकलन गरिएको छ । मौसम सुधार नभएका कारण उद्धारमा खटिएको टोली घटनास्थल पुग्न समस्य भएको छ । तोलखाना, कोट्ली , बयाल , मैनाका सर्वसाधारणहरुलाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । त्यस्तै गोठगाउँ घर भत्किदा लालबहादुर नेपाली घाईते भएका छन् ।वनमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार काठमाडौँबाट ठुलो सेनाको हेलिकोप्टर र सुर्खेतबाट सानो हेलिकोप्टर आउदै गरेको छ ।





error: Content is protected !!