सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुग्यो

काठमाडौँ —नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेको हो । बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको पनि भाउ तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९ सय ५५ रुपैयाँ कायम भएको थियो ।





error: Content is protected !!