विद्यालय खोल्ने ट्रम्पको प्रस्तावले निम्त्याएको विवाद

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल ९सीडिसी०ले आधिकारिक सुझावको रूपमा विद्यालहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महंगो र अव्यवहारिक भनेर निन्दा गरेका छन् ।

त्यसको केही समयमै नयाँ निर्देशिका जारी गरिने बताइयो । उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए । अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ ।

यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो । साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताइन् । अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच भिन्नता बढ्दो देखिएको छ ।

अमेरिकामा विश्वकै एक चौथाइ संक्रमित भेटिएको तथा संक्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुनस् खोल्ने योजना अघि बढाउन चाहन्छ जसले विवाद निम्त्याएको छ ,

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको संख्या ३० लाख नाघेको छ । साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड(१९ का कारण त्यहाँ ज्यान गुमाइसकेका छन् ।

मंगलवार अमेरिकामा ६० हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएका थिए जुन यसअघि जुलाई २ मा कायम ५५ हजारको कीर्तिमानभन्दा धेरै छ। ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए ।

उनले नियमहरू धेरै कडा हुन नहुने बताए । उनले संक्रमणका मामिला स्थिर हुँदै गएको भनेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लिएर अमेरिका राम्रो स्थानमा रहेको बताएका छन् ।

क्यालिफोर्निया तथा टेक्सस राज्य दुबैमा १० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । संक्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा। एन्थोनी फाउचीले अमेरिका कोरोना भाइरसको संक्रमणको पहिलो लहरमै अहिलेपनि घुँडासम्म डुबेको बताएका छन् ।

बुधवार अमेरिकाको शिक्षा मन्त्रालयमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले ट्रम्प प्रशासनका कार्यहरूको बचाउ गरे। ुहाम्रा स्वास्थ्यसेवामा लागिपरेका कर्मचारीको असाधारण कामका कारण औसत मृत्युदरमा आइरहेको कमीले हामी उत्साहित भएका छौँ, उनले भने ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल ९सीडिसी०ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महंगो र अव्यवहारिक भनेर निन्दा गरेका छन् । त्यसको केही समयमै नयाँ निर्देशिका जारी गरिने बताइयो ।

उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए । अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ ।

यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो । साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताइन् । अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच भिन्नता बढ्दो देखिएको छ ।





error: Content is protected !!