तीन वर्षमा व्यवसायिक कृषक बनाउन नमुना कृषि कार्यक्रम

जाजरकोट ,  एक सांसद एक नमुना कृषि कार्यक्रम नलगाड नगरपालिका –५ चारगाउँमा सञ्चालन गरिएको छ । ५० घरधुरी देखि १४० घरधुरी सम्मालाइ मध्यनजर गरी लक्षित बर्ग अर्गानिक प्रर्वद्धन कार्यक्रम सुरु गरिएको हो ।

 
सो योजनाबाट १२० घरधुरीलाई कृषि सडक , कृषि सिँचाइ र व्यवसायिक तरकारी खेती गर्नका लागि सहयोग गरिएको छ । त्यस्तै १४० घरधुरीलाई १८ हजार कागतीका विरुवा वितरण गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । खेती गर्ने जमिन नभएकालाई मौरी सहितका १८ वटा घार वितरण गरिएको छ । त्यस्तै वडा ५ को पुरै सर्वसाधारणहरुलाई ८ हजार टिमुरका विरुवा वितरण गरिएको छ ।


१२० घरधुरीलाई कृषि सडकका साथै सिँचाई सुविधा पनि उपलव्ध गराएको लक्षित बर्ग अर्गानिक कृषि प्रर्बधन कार्यक्रम संचालक समितिका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिनुभयो । ९० लाखको कार्यक्रम सञ्चालन गरिएको प्रदेशसभा सदस्य कृष्णा शाहले जानकारी दिनभयो ।

नलगाड नगरपालिकाले पनि बिभिन्न पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन लगानी भारी मात्रामा गरेको छ ।





error: Content is protected !!