मटेरी युथ युनियन क्लव रामपुरद्धारा स्वास्थ्य सामग्री सहयोग

सुशीला रेग्मी

रामपुर (पाल्पा), मटेरी युथ युनियन क्लव रामपुर पाल्पाले क्वारेन्टाइनमा बसेका नागरिकलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिवार मटेरी ठुलोटारमा क्लवका अध्यक्ष अमिर रानाको अध्यक्षतामा एक कार्यक्रम गरी जनप्रतिनिधिलाई सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिका भित्र रहेका विभिन्न क्वारेन्टाइनमा बसोबास गर्ने दुई सय २० जना नागरिकलाई तचबखभ िमभलतष्कतचथ लभउब िको सहयोगमा प्राप्त मन्जन, ब्रस, स्यानीटाइजर, मास्क, हातधुने सामग्री वितरण गरिएको हो ।

क्वारेन्टाइन नगर व्यवस्थापन समिति अध्यक्ष तथा रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्लले कोभिड १९ को विपद् परिस्थितका बेलामा क्लवले सम्झेर गरेको सहयोग प्रति धन्यवाद दिदै ठुलो राहत मिल्ने बताउनुभएको छ । वडा नं ४ का अध्यक्ष एकबहादुर नेपालीले क्लवले नगरपालिकाको राहत वितरण प्रक्रियामा सहयोग गर्नुका साथै सामाजिक क्षेत्रमा सक्रियपूर्वक काम गरेकोमा धन्यावाद दिनुभएको छ । क्लवका सदस्य केशव श्रेष्ठले सामग्री सहयोगका सम्बन्धमा जानकारी गराउँदै नगरपालिका तथा वडासंग समन्वय गरेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभएको छ ।

क्लवले यसभन्दा अगाडी कोरोना भाइरस सङ्क्रमणको महामारीमा नागरिकको सेवामा खट्नुहुने सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मीलाई पिउने पानी वितरण गरेको थियो । विसं २०७५ सालमा स्थापना भएको यस क्लवले सामाजिक तथा प्राकृतिक विपद्मा परेका नागरिकलाई सहयोग गर्दै आइरहेको छ । क्वलका कोषाध्यक्ष कमल रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सल्लाहकार दिपेन्द्रप्रसाद भट्टराईले गर्नुभएको हो ।





error: Content is protected !!