धमिलो खानेपानी लिन पनि डेढ घन्टा पैदल (फोटो फिचर)

जाजरकोट छेडागाड नगरपालिका १३ खारागाउँमा दलित समुदायका ४० र जनजाति समुदायका पाँच परिवार बस्छन् । उनीहरू डाँडोमा रहेको बस्तीबाट ३० मिनेट ओरालो झरेर भेरी नदी किनार पुग्छन् । भेरीको पानी बोकेर एक घन्टा उकालो हिँड्छन् ।

पानी भरेको गाग्री एक घन्टाजति नचलाएर राख्छन् । बालुवा थिग्रिएपछि पानी सङ्लिन्छ । त्यही पानी पिउने गरेको उनीहरू बताउँछन् । नदीको पानी पिउने गरेका कारण अधिकांशलाई जुका पर्ने गरेको छ ।

वर्षात्को समयमा झाडापखाला पनि लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

तस्वीर ः हेमन्त केसी

नेपालपोष्टखवर





error: Content is protected !!