सहाराविहीन दलित वालवालिकालाइ सहयोग

जाजरकोट ः अभिभावक गुमाएर सहाराबिहीन बनेका जाजरकोटका ५ दलित वालवालिकाहरुलाइ लक डाउनका कारण आइपरेको समस्याको सामना गर्न जयन्ती थापाले खाद्य तथा नगद सहयोग गरेकी गर्नुभएको छ ।
सुर्खेत माइती घर र रुकुम पश्चिम आटबीसकोट राडी कर्मघर भइ हाल अमेरीकामा बस्दै आएकी समाजसेवी थापाले आफ्नो निजी खर्चमा पढिरहेका जिल्लाको छेडागाड नगरपालिका –१२ चैतेटाकुराका चार जना टुहुरा दलित वालवालिकाहरु प्रतिभा परियार, जय परियार, पुष्पा परियार र सन्तोष परियारका लागि १९ हजार २ सय वरावरको खाद्य तथा नगद सहयोग गरिएको छ ।
जयन्तीकै सहयोगमा स्थानीय नारायणी माद्यमिक विद्यालय र अको एक प्राथमिक विद्यालयमा पढिरहेका उनीहरुलाइ लक डाउनका बेला आइपरेको खाद्य समयस्या समाधान गर्न जयन्तीले सहयोग गरेकी हुन । कुशेमालिका अनलाइनका सम्पादक जनक केसी मार्फत समाजसेवी थापाले चैते टाकुरामा रहेका तुलसी दमाइका चार भाइवहिनीहरुलाइ चामल, दाल, तेल, नुन सावुन, कापी कलम र नगद रकम दिएकी हुन
।
विगत दुइ वर्ष देखि ती चार वालवािलकाहरुलाइ निजी खर्चमा पढाइरहेकी जयन्तीले लक डाउनका कारण अप्ठेरोमा परेको भन्दै उक्त खाद्य सामग्रीहरु सहयोग गर्नुभएको हो । जयन्तीले पठाएको सहयोगवाट कुशेमालिका अनलाइनका सम्पादक केसीले १२ सय वरावरका कापी कलम लगाएतका शैक्षिक सामग्रीहरु, ५ बोरा चामल, १० किलो दाल, २० पोका तेल, १५ पाकेट नुन्, एक गथ्था लुगाधुने सावुन, आधा दर्जन नुहाउने सावुन र ८ हजार नगद रकम ती चार वालवालिकाकी दिदी तुल्सीलाइ शुक्रवार हस्तारन्तरण गर्नुभएको छ ।
जयन्तीको सहयोगले आफूहरुलाइ धेरै ठुलो राहत मिलेको तुल्सीले बताउनुभयो । उहाँले विपत र समस्याका वेला जयन्ती आफूहरुका लागि भगवान बनेर आएको पनि जानकारी दिनुभयो ।
भाइवहिनीहरुलाइ पढाउने मात्र नभएर यो संकटका बेला खाने अन्न समेत सहयोग गरेकोमा जयन्ती प्रति आफूहरु आभारी रहेको तुल्सीले बताउनुभयो ।आफूले पढाइका लागि सहयोग गरिरहेका वालवालिकाहरुलाइ लक डाउनका कारण परेको समस्यामा साथ दिन उक्त खाद्य सहयोग गरेको जयन्तीले बताउनुभयो । लक डाउनको अवधिमा खाद्य तथा अन्य जरुरी कुराको आवस्यकताले सहाराविहिन वालवालिकाहरु हैरानीमा रहेको महशुस गरि आफूले खाद्य सामग्री दिएको जयन्तीले बताउनुभयो ।










