भेरी र छेडागाडको यस्तो छ बजेट ?

जाजरकोट ः भेरी नगरपालिकाले ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । ६८ करोड ५ लाख ५८ हजार ८ सय रुपैयाँको योजना आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि प्रस्तुत गरिएको छ ।

बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ रु १० करोड २३ लाख ६२ हजार ८ सय र पूँजीगत खर्चतर्फ रु १३ करोड ९५ लाख ९६ हजार, सर्शत अनुदान तर्फ ३३ करोड ७३ लाख र सामाजिक सुरक्षा भत्ता १० करोड १३ लाख बजेट उल्लेख छ ।

सामाजिक विकासमा अन्य क्षेत्र जस्तै युवा, खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशी, मजदुरका विषयमा बजेट सहितको कार्यक्रम रहने नीति प्रस्तुत गरिएको छ ।

नीतिमा भौतिक पूर्वाधारका योजनालाई पनि प्राथमिकता प्रदान गरिएको छ । वन वातावरण र विपद व्यवस्थापन तथा सुशासन र संस्थागत विकासलाई नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको छ ।

छेडागाड नगरपालिका जाजरकोटले आर्थिक वर्ष २०७७ ÷७८ लागि कुल ६३ करोड ८४ लाख २३ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । कोरोना भाइरसबाट प्रभावित भएका यस नगरपालिकाका ४ हजार दुई सय ५९ विपन्न घरपरिवारलाई राहत प्याकेज अन्तर्गत राहत वितरण गरिएको छ ।





error: Content is protected !!