देशभर ४ हजार ५ सय विद्यालयमा क्वारेन्टाईन

दुई सातामा देशभर १ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएका छन् । जेठ २१ गते ३ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । दुई सातामा त्यो संख्या बढेर ४ हजार ५ पुगेको छ ।

सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार दुई सातामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १३ पुगेको छ ।

जेठ २१ गते ९ सय ८१ थियो । असार ५ गतेसम्मको तथ्यांकअनुसार ८ सय ३२ विद्यालय थपिएका छन् । कोरोना संक्रमितको संख्या झन्डै १० हजारको हाराहारीको पुगिसकेको अवस्थामा विद्यालयमा क्वारेन्टाइनको संख्या पनि बढेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठका अनुसार मावि तहको विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । ठूला भवन र भौतिक संरचना भएका विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको देखिएको छ ।

सरकारले विद्यालय सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्न थालेपछि तत्काल कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

शिक्षण संस्था खोल्न नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको एसईई परीक्षा स्थगित गरी अन्तिम मूल्यांकनको अधिकार विद्यालयलाई दिएको छ । कक्षा ११ र १२ को विषयमा हालसम्म निर्णय गर्न सकेको छैन ।

केन्द्र र सातै प्रदेशको सामाजिक विकास मन्त्रालयको हरेक साता बस्ने बैठकले शिक्षाको पछिल्लो एक साताको विश्लेषण गरी मन्त्रालयलाई जानकारी दिने गरेको छ । असार ५ गतेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा २ सय २४, २ मा ४ सय ३८, वागमतीमा २ सय ३०, गण्डकीमा ३ सय ८७, प्रदेश ५ मा ८ सय ७२, कर्णालीमा ५ सय ३३ र सुदूरपश्चिम १ हजार ८ सय ३३ विद्यालमा क्वारेन्टाइन बनाइएको छ ।

केन्द्रका उपमहानिर्देशक श्रेष्ठले विद्यालयमा क्वारेन्टाइन राख्ने संख्या बढ्दै गएको बताउनुभयो । दुई हप्ताको तथ्यांकअनुसार प्रत्येक प्रदेशमा हप्तामा दुई दर्जन विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्दै गएको छ ।
जेठ २१ गते २ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । उक्त संख्या बढेर जेठ ३० गते ४

हजार ३ सय १५ पुग्यो । पछिल्लो तथ्यांकअनुसार ४ हजार ४ सय ९७ पुगेको छ । अहिलेसम्म करिब ५ हजार नाघेको हुन सक्ने केन्द्रको भनाइ छ ।

सरकारले लकडाउन खुकुलो गराएसँगै तीन महिनादेखि बन्द विद्यालय खोल्ने तयारी गरेको थियो । तर सबै प्रदेशमा रहेका मावि तहका विद्यालयलाई क्वारेन्टाइन बनाएपछि कहिलेदेखि विद्यालय खुला गर्ने भन्ने समस्या परेको छ ।





error: Content is protected !!