जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पीसीआर नेगेटिभ

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिका–८ स्थित क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको शुक्रबार विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएपछि हिजो नै उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
मृतक दम र मुटुसम्बन्धी बिरामी भएकाले उनको दीर्घरोगकै कारण मृत्यु भएको हुन सक्ने आकलन गरिएको छ । २१ जेठमा बाँकेबाट जुम्ला फर्किएका उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।










