बन्दाबन्दी ः घर घरमै बसेर नमाज पढ्दै

सुशीला रेग्मी

रामपुर (पाल्पा), कोरनाको महामारीलाई मध्यनजर गर्दै पाल्पाका मुस्लिम समुदाय घर घरमै बसेर नमाज पढीरहेका छन् । कोरनाको कहर बढेका बेला मजिस्दमा भीडभाड बढ्ने हुदा घर घरमा बसेर नमाज पढ्न आग्रह गरिएपछि घरमै नमाज पढ्ने गरेको पाइएको छ ।

रामपुर नगरपालिका ४ स्थित ईस्लामपुरमा मुस्लिम समुदायको बाक्लो वस्ती छ । यहाँ अहले सुन्नत जामे मस्जिद र हजरत वेलाल जामे मस्जिद छन् । अहले सुन्नत जामे मस्जिदमा आवासिय व्यक्ति बाहेक बाहिरबाट आएका अन्य व्यक्तिलाई मस्जिदमा गएर नमाज पढ्न रोक लगाइएको छ ।

कोरनाको जोखिम बढ्दै गएपछि मजिस्दमा गएर नमाज पढ्न रोक लगाइएको अध्यक्ष हजिलदिन मियाँले जानकारी दिनुभयो ।

यहाँ अन्य समयमा एक सय देखी एक सय ५० जना सम्म नमाज पढ्ने हुन्थ्ये । नमाज पढ्ने बेला मस्जिदमा चहलपहल हुन्थ्यो । अहिले भने बाहिरका अन्य व्यक्तिलाई नमाज पढ्न जान रोक लगाएपछि मस्जिद सुनसानमय बनेको छ ।

यहाँ रहेको हजरत वेलाल जामे मन्दिरमा छिमेकी चार÷पाँच जनाले मात्र सामाजिक दुरी कायम गरेर नमाज पढ्ने कार्य गरिएको अध्यक्ष हाकीम मियाँ बताउनुहुन्छ । यहाँ अन्य समयमा दैनिकजसो ३० देखि ४० जना सम्म नमाज पढ्ने हुन्थे ।

मस्जिदमा नमाज पढ्न जान निषेध गरेपछि घर घरमा बसेर सोही समयमा पढ्ने गरिएको हमिद अलिमियाँ बताउनुहुन्छ ।

“कोरनाको सङ्क्रमणलाई मध्यनजर गर्दै हामी आफै सर्तक भएर घरभित्रै बसेर नमाज पढेका छौँ, मस्जिद भित्र गएर नमाज नपढेको पनि धेरै समय भइसक्यो” उहाँले भन्नुभयो । रामपुर क्षेत्रमा मात्रै मुस्लिम समुदायका करिव एक सय ५० घरपरिवार छन् ।

यहाँका मुस्लिम समुदायहरु मस्जिदमा गएर नमाज पढ्नेहरु अहिले सोही समय घरमै बसेर नमाज पढ्ने र कोरनाको कहरबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानमा छन् ।

पाल्पा जिल्लामा रामपुर र तानसेन नगरपालिकामा गरी चार वटा मस्जिद छन् । तानसेन नगरपालिकामा तानसेन जामा मस्जिद र सुन्नी जामा मस्जिद बतासेडाँडा छन् ।

जिल्लामा रहेका चारवटै मस्जिदमा बेला बेलामा लकडाउनको पालना गरे नगरेको अनुगमन कार्य भइरहेको मुस्लिम आयोग जिल्ला लकडाउन अनुगमन समिति संयोजक इर्साद शेखले बताउनुभयो । जिल्लाभरमा करिव एक हजार दुई सयको हाराहारीमा मुस्लिम समुदाय छन् । पूर्ण रुपमा लकडाउनको पालना गरेर घरमा बसेर नमाज पढीरहेको शेख बताउनुहुन्छ । दश वर्षको उमेर पुगेपछि नमाज पढ्ने गरिन्छ ।

दैनिक पाँच पटक मस्जिदमा पुगेर नियमित नमाज पढ्ने गरिन्छ । बिहान सूर्योदय हुनुभन्दा अगाडी साढे चार वजे, दिउँसो साढे एक वजे, अपरान्ह साढे चार वजे, साँझ सूर्यास्तपछि र रातको साढे आठ वजे नमाज पढिने संयोजक शेखले जानकारी दिनुभयो ।

उहाँका अनुसार मस्जिदमा इमाम (मुख्य पुजारी) मात्र बसेर नमाज पढ्ने गरिएको छ भने अन्यले घरमै बसेर पढिरहेका छन् । हप्ताको शुक्रवार दिउँसो १ वजे इदको रुपमा बिशेष नमाज खुत्बा (प्रवचन) पढ्ने कार्य हुन्छ । समुदायका सबै जना भेला भएर समय सान्दर्भिक विषयवस्तुमा नमाज पढ्ने गरिन्छ ।





error: Content is protected !!