कर्णालीमा पहिलोपटक संक्रमण

सुर्खेत ः हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक संक्रमण पुष्टि भएको छ । दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।
एक साताअघि भारतबाट आएका ती व्यक्तिको स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।
पुन ः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि उस्तै रिपोर्ट आएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए । संक्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइमा छन् । उनको अवस्था सामान्य रहेको डा खड्काले जानकारी दिए । कोरोना देखिएपछि भोलिदेखि थप सतर्क र सुरक्षित भएर लाग्नुपर्ने अवस्था आएको उनले बताए ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।










