नीति तथा कार्यक्रममा समेटियो जगदुल्ला ः जगदुल्ला जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा

हेमन्त केसी
जाजरकोट , सरकारको नीति तथा कार्यक्रममा जगदुल्ला जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गरी निर्माणको काम सुरु उदेश्य लिईएको छ ।
शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/ ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको चरण सुरु भएको उल्लेख गर्नुभएको हो । देशका राष्ट्रिय प्रसारणलइन नपुगेका र ग्रामिण स्तरमा विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उदेश्य अनुसार जगदुल्ला आयोजनाको छ वर्ष भित्र निर्माण गर्ने उदेश्य लिइएको छ ।
आयोजना निर्माणका लागि फागुन २८ गते बाट मुआव्जा वितरणको कार्य सुरु भएसँगै आयोजना निर्माणको गती सुरु भएको हो । अव दोस्रो चरणको मुआव्जा वितरणको काम समेत छिट्टै सुरु गरने आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
विद्युत उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इलमा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गर्ने भनिएकोमा ‘लक डाउन’का कारण रोकिएको छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी ५ लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी ५ लाख १५ हजारका दरले मुआब्जा वितरणको कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।
प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको विस्तृत परियोजनाको प्रतिवेदन ( डिपिआर) काम पुरा भएपनि लक डाउनका कारण सार्वजानिक गर्न नपाएको आउने प्रमुख सापकोटाले जानकारी दिनुभयो । २० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले ६ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको थियो । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ ।
पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ बर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । करिब ७ दशमलब १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ ।
विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले २७ करोड रुपैयाँमा लिएको उहाँको भनाई छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले हाल्न पाउने छन् । सरकार आफँै र स्थानीयवासीलाई सेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले विद्युत उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटर भित्र सुरुङ निर्माणको लागि चैत २ गते बोलपत्र आवह्वान भएर छिटै काम सुरु हुँने आयोजनाले जानकारी दिएको छ । जाजरकोट , रुकुम पश्चिम र डोल्पाको सिमाना त्रिवेणी स्थित भेरी नदीमा पुल निर्माणको लागि आयोजनाले पहल सुरु गरेको छ ।
त्यस्तै ईलमा समेत पुल नर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणी देखि ईल सम्मको सडक ट्याक छिटो खोलेमा काम समेत आयोजनाको काम समेत छिटो हुँने आयोजनाको भनाई छ । काईगाउँमा टेष्टका लागि ४ वटा प्वाल प्रति प्वाल ३५ मिटरको हिसावले निर्माण गरी जाँचको काम भएको छ । त्यस्तै १६० मिटर जमिन मुनीका दुईवटा प्वाल ईलमा निर्माण गरिएको छ । आयोजना निर्माणका लागि आवास र कार्यालय भवन निर्माण बोलपत्र आवह्वानको काम सुरु गर्न लागिएको बताएको छ ।
अर्धजलाशय यूक्त रहेको यो आयोजनाको कुल लागत रु २२ अरव लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि आवश्यक पर्ने विद्युतका लागि ईल स्थित फेदीखोलाबाट २ मेगावाट र काईगाउँ स्थित स्थानीय खोला २ मेघावाट विद्युत उत्पादन गर्न सम्भाव्यताको काम सुरु भएको छ । आयोजना निर्माण स्लल बाध स्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्य नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
आयोजना बारे के भन्छन् सरोकारवाला ?
डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिनुभयो ।
विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताउनुभयो । भौगोलिकरुपमा निकै जटिल भूवनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ ।
आयोजना निर्माणको बाधक बनेको सडक त्रिवेणीदेखि इल हँुदै सर्मी भालु हुँदै काईगाउँ सम्म सडक निर्माण गर्नका लागि रु ३७ करोडको वोलपत्र आह्वानका लागि प्रक्रिया सुरु भएको प्रदेश सभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।
त्यस्तै रु ३ करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मी सम्माको सडकको काम सुरु भएको उहाँले जानकारी दिनुभयो । काईगाउँबाट मुड्केचला सम्मा जोड्ने सडकको काम रु ५ करोडमा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
जगदुल्ला गाउँपालिका –४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका –२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआरको काम सुरु भई निकट भविश्यमा पुल निर्माणको काम सुरु गरिने शाहीले जानकारी दिनुभयो । त्रिवेणी , मनमङ्ग र निलदहमा पक्की पुल जगदुल्ला जलविद्युत आयोजनाले बनाउने उहाँको भनाई छ ।










