लिपुलेक क्षेत्र नेपाली भूमि हो ः राष्ट्रपति

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसदको संयुक्त बैठकमा सरकारको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रस्तुत गरेपछि अभिवादन गर्दै । सरकारको नीति तथा कार्यक्रम संयुक्त सदनमा पेश गरी पारित गर्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ÷ रासस

काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ । रासस





error: Content is protected !!