भवन नहुँदा जडान भएन डिजिटल एक्स -रे मेसिन

हरि गौतम

रुकुम पूर्व ः प्रदेश ५ सरकारले गत असारमा जिल्ला अस्पतालका लागि पठाएको डिजिटल एक्सरे मेसिन जस्ताको तस्तै थन्किएको छ । मेसिनका लागि चाहिने डीआर मेसिन अर्थात् एक्सरेको मुख्य पार्ट नै नआएपछि सेवा सुरु नभएको हो ।

गत मंसिर ५ गते मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गरेका थिए । त्यसबेला पनि डिजिटल एक्सरे सञ्चालन गर्नुपर्ने माग उठेको थियो । तर ठाउँ अभावमा मेसिन जडान गरिएको छैन । मेसिन सञ्चालनका लागि कम्तीमा पनि १० फिट अग्लो भवन चाहिन्छ । भवन नभएका कारण डिजिटल एक्सरेका उपकरण जस्ताको तस्तै थन्क्याइएको छ ।

जिल्ला अस्पताल नै स्वास्थ्य चौकी रुकुमकोटको भवनमा सञ्चालित छ । बिहीबार बसेको कार्यपालिका बैठकले डिजिटल एक्सरे मेसिन राख्नका लागि भवन बनाउने निर्णय गरेको छ । अन्य शीर्षकबाट रकमान्तर गरेर बजेट विनियोजन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए । जसका लागि सिस्ने गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भवन बनेर मात्रै पनि जिल्लामा सेवा सुरु हुने छाँट छैन । यसका लागि डिआर मेसिन ल्याउनुपर्ने हुन्छ । जिल्ला अस्पतालका डा। पूर्णबहादुर पुनले भवनका लागि बजेट आउने भएको र डीआर मेसिन खरिदको पनि तयारी भइरहेको बताए ।

जिल्ला अस्पताल आफैले डीआर मेसिन खरिद गर्ने उनको भनाइ छ । आगामी साउनसम्म यो सेवा प्रदान गर्न सकिने अनुमान अस्पतालले गरेको छ कान्तिपुरमा खवर छ ।





error: Content is protected !!