‘कोरोना संक्रमणपछि श्रीमान् अस्पताल जानुभयो तर कहिल्यै फर्किनुभएन’

बिबिसी ः एन्डी वाइनेस र सान्ड्राले ६ महिनाअघि मात्रै विवाह गरेका थिए। विगत २५ वर्षदेखि सँगै बस्दै आएका भए पनि गत अक्टोबरमा मात्र उनीहरुको विवाह भएको थियो।

५३ वर्षीय एन्डी वाइनेसलाई अप्रिल ६ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। हाल विधवा बनेकी एन्डीकी श्रीमती सान्ड्रा वेइनेस सामाजिक दूरीको वेवास्ता गर्नुभन्दा पहिले कम्तीमा दुई पटक सोच्न आग्रह गरिरहेकी छन्।

‘हामीलाई थाहा हुँदैन, भाइरस हाम्रो घर नजिकै पनि हुन सक्छ, यसर्थ सामाजिक दूरीसम्बन्धी नियम उल्लंघन गर्नुभन्दा पहिले धेरै सोचविचार गर्न आवश्यक छ,’ उनी भन्छिन्।

५८ वर्षीया सान्ड्रा वाइनेसका अनुसार उनका श्रीमान् स्वस्थ थिए। उनी वेल्समा बिदा मनाएर घर फर्किपछि कोरोना भाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिन थाल्यो। सुरुमा सामान्य चिसो मात्र होला भन्ने लागेको उनले भनिन्। बिदा मनाएर फर्किएपछि जहिल्यै चिसोले समात्छु भनेर उनलाई जिस्काइयो पनि।

तर एन्डीमा संक्रमणका लक्षणहरू झन्झन् बढ्न थाले। ज्वरो बढ्दै गयो। खोकी पनि धेरै लाग्न थाल्यो। त्यसपछि परीक्षणका लागि उनले समय लिए। श्रीमती सान्ड्रा भन्छिन्, ‘उहाँ आफैँ गाडी चलाएर आउनुभएको थियो। एकछिनपछि नर्सले श्वासप्रश्वासमा निकै समस्या आएको बताइन् र एम्बुलेन्समा अस्पताल लैजानुपर्ने भन्दै फोन गरिन्।’

‘उहाँको अवस्था चिन्ताजनक नै छ भनेर त्यसबेला मैले थाहा पाएँ,’ उनले भनिन्। श्रीमान् अस्पतालका लागि निस्केको दिन नै उनीहरुबीचको अन्तिम भेट हुन पुग्यो।

एन्डीलाई नर्थ लनरार्कसायरमा रहेको विस जनरल अस्पतालमा भर्ना गरियो। दोस्रो दिन उनलाई कोरोना पोजेटिभ भएको पुष्टि भयो।

अस्पताल बसाईको ५ दिनपछि उनलाई आइसियूको भेन्टिलेटरमा सारियो। तर भाइरस एन्डीको शरीरमा फैलिसकिएको थियो।

सान्ड्रा भन्छिन्, ‘मैले दिनमा दुईरतीन पटक फोनमा कुरा गर्थेँ तर भेटेको थिएन। अस्पतालबाट बिहीबार हामीलाई सम्पर्क गरियो र चिकित्सकले फोनमा अवस्था जे पनि हुन सक्छ तयार हुन भने।’
चिकित्सकले एन्ड्रीका उपचारका लागि तत्काल केही गर्नुपर्ने भनेका थिए तर उनीहरुले त्यस्तो केही पनि गरेनन्,ु उनले भनिन्, त्यसपछि हामी उहाँले रोगलाई जित्न सक्नु हुनेछ भनेर आशावादी थियौं।

सोमबार बिहान उनको स्वास्थ्य अवस्था स्थिर थियो। उनलाई अझ बढी अक्सिजन आवश्यक पर्‍यो। सान्ड्रालाई बेलुका ६ बजे अस्पतालबाट फोन आयो। चिकित्सक दिनभर एन्डीलाई बचाउन संघर्ष गरेको तर उनको शरीरको तापक्रम घटाउन नसकेको बताए। निरन्तर अक्सिजन दिँदा पनि सुधार नआएकाले अब आफूहरूले केही पनि गर्न नसक्ने चिकित्सकले सान्ड्रालाई बताए। त्यसपछि चिकित्सकले सान्ड्रालाई तपाईसँग अरु को छ भनेर सोधे।

सान्ड्रालाई अस्पतालमा आउन भनियो तर उनलाई श्रीमान् राखिएको कोठामा जान नदिने बताइयो। अस्पतालमा मास्क र गाउन लगाएर श्रीमानभन्दा दुई मिटर टाढा बस्नुपर्ने भनियो। दुई हप्ता आइसोलेसनमा बस्नुपर्ने भनियो। त्यसपछि उनले अस्पताल नजाने निर्णय गरिन्।

लगत्तै फेरि अस्पतालबाट फोन आयो। उनका श्रीमानको मृत्यु भएको खबर सुनाइयो।

एन्डीलाई कुनै पनि ठूलो स्वास्थ्य समस्या थिएन, उक्त रक्तचाप बाहेक। ‘अस्पताल जानका लागि घरबाहिर निकस्केको दिन नै उहाँलाई सन्चो छैन भनेर मलाई लागेको त थियो। तर उहाँ अब कहिल्यै पनि साथमा हुनुहुने छैन भनेर मैले कहिल्यै पनि सोचेको थिएन, सान्ड्राले भनिन्।

‘म भेन्टिलेटरका लागि आइसियूमा जाँदैछु भनेर उहाँले सम्पर्क गर्नुभएको थियो त्यसपछि मैलाई कहिल्यै पनि सम्पर्क गर्नु भएन। त्यसपछि बाँकी नै के थियो ररु’ सान्ड्राले दुखी हुँदै भनिन्।

दाहसंस्कारमा १० जना मात्रै
एन्डी राम्रो बलर थिए। उनले विभिन्न क्लबमा रहेर काम गरेका थिए। क्षेत्रीय र राष्ट्रिय संस्थामा आबद्ध थिए। उनले नर्थ लानार्कसायर परिषदमा पनि काम गरे। सन्तानका लागि उनी असल र गौरव गर्न लायक पिता थिए। नातीनातिनाहरूका लागि पनि उतिकै असल। तर उनको अत्येष्टिमा परिवारका १० सदस्यलाई मात्र जाने अनुमति दिइयो।

श्रीमती वाइनेस भन्छिन्, ‘हामी १० जना मात्र अन्त्येष्टिमा सहभागी भयौं, धेरै मान्छेहरु पीडामा थिए, उनीहरु मसँग नजिक आउन पनि निकै गाह्रो महसुस गरिरहेका थिए। समवेदना दिन निकै गाह्रो भइरहेको थियो उनीहरुलाई।

अब उनी एउटा यस्तो सामाजिक कार्य गर्ने सोचमा छिन्, ताकि उनका श्रीमानलाई चिन्ने सयौं व्यक्तिले प्रशंसा गरून् र श्रीमानप्रति सच्चा श्रद्धाञ्जली दिन सकियोस्।

परिवारको यो पीडा सुनेपछि अरु मान्छेहरुले अब आफ्नो र अरुको जीवनमा खेलबाड गर्नुभन्दा पहिला कम्तीमा दुई पटक सोचून् भन्ने उनको चाहना छ। ‘म सोच्थेँ कि एन्डी जुन ढोकाबाट बाहिर गएका थिए, त्यही ढोकाबाट फेरि फर्केर आउनेछन्। मैले पार्टनर गुमाएकी छु, मेरो छिमेकीमा पनि कोरोना संक्रमण देखिएको थियो। ऊ पनि एकदमै बिरामी पनि थियो। त्यसैले कोरोना घर नजिकै हुन सक्छ, जो तपाई हामीले थाहा पाएका हुँदैनौं।ु

‘यो भाइरस कहाँ हुन्छ भनेर हामीलाई थाहा हुँदैन। कुन व्यक्तिसँग बस्नुभएको छ वा सडकमा कसलाई छुँदै हिँड्नुभएको भए तपाईले सतर्कता अपनाउन पर्ने हुन्छ। अहिलेको अवस्थामा आइसोलेसन र सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हो। हामीले त्यसको पूर्ण पालना गर्नुपर्छ।

विवाह
विगत २५ वर्षयता हामी सँगसँगै बस्दै आएका भएपनि गत अक्टोबरमा मात्र उनीहरूले भव्य विवाह गरेका थिए। जिन्दगी साँच्चिकै अनमोल हुने रहेछ भन्ने कुरा उनका परिवारले अहिले महसुस गरेका छन्।

‘बिहेका क्षण एन्डीका लागि विशेष थिए। यो कुरा उहाँले सम्झाइरहनु हुन्थ्यो। मार्च महिनामा पोर्चुगल गएका बेला पनि उहाँले सम्झाउन छुटाउनु भएको थिएन,’ सान्ड्राले विगत सम्झिइन्।





error: Content is protected !!