नर्सिङ दिवस ः रामपुर अस्पतालमा नर्सिङ विभागका कर्मचारी सम्मानित

सुशीला रेग्मी

वैशाख ३०, पाल्पा

दुई सय औँ अन्र्तराष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य संस्थासंग सम्बन्धित विभिन्न संघ संस्थाले कर्मचारी सम्मान लगायतका कार्यक्रम गरी नर्सिङ दिवस मनाएका छन् ।

पाल्पाको रामपुर अस्पतालले पनि नर्सिङ विभागका सबै कर्मचारीलाई सम्मान र उत्कृष्ट नर्सिङ सेवा प्रदायक कर्मचारीहरु बिन्द्रा गुरुङ र सबिना परियारलाई पाल्पाली करुवाले सम्मान गरी नर्सिङ दिवस मनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारको अध्यक्षतामा एक कार्यक्रम गरी नर्सिङ दिवस मनाइएको अस्पतालले जनाएको छ । सुचना अधिकारी रामप्रसाद कोइरालाले कार्यक्रमको उद्धेश्यमाथी जानकारी गराउँदै स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अस्पतालका डाक्टर बासुदेव सुवेदी, यमकुमारी पौडेल, सुनिता गौतम लगायतले बोल्दै सम्मानित व्यक्तिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । कार्यक्रमको संचालन अस्पतालका प्रशासन शाखाका कर्मचारी हिरा विकले गर्नुभएको हो ।





error: Content is protected !!