सरकारी प्रोपोगान्डाले कसरी रुसको स्वास्थ्य प्रणाली ध्वस्त बनाय

एजेन्सी
इल्या सेपिलिन , ०१४ देखि नै रुसको सरकारी टेलिभिजनले घरेलु चुनौती र समस्याबाट दर्शकको ध्यान मोडन अन्य देशका वास्तविक र काल्पनिक समस्या देखाउने गरेको छ । रुसका कमजोरीबारे किन कुरा गर्ने जब युक्रेनको जीवन यहाँभन्दा खराब छ ? युरोप र अमेरिका संकटमा छन् र कुनै पनि क्षण विध्वंश निम्तन सक्छ । आफूलाई महाशक्ती देखाउनुको साटो रुसले अन्य सबैलाई हरुवाजस्तो देखाउन खोजेको छ ।

रुसप्रति थप मोह बढाउन यस्तो गरिएको हो र राज्य नियन्त्रित टेलिभिजनले कोरोनाभाइरस महामारीको कभरेज यही भावनासहित ग¥यो । दुई महिनाअघि कार्यक्रम प्रस्तोता डिमिट्री किसेयोभले रसिया–१ बाट प्रशारण हुने आफ्नो साप्ताहिक कार्यक्रमको झन्डै आधा समय युरोप र अमेरिका कसरी पीडामा छन् भनेर देखाउन खर्चिए ।

तर, अहिले एक महिनाभन्दा लामो समयदेखि लकडाउनमा रहेको रुसका अस्पतालमा बिरामीको भीड थामिनसक्नु छ, साना उद्योगहरु टिक्नका लागि संघर्षरत छन् । यस्तोमा दर्शकलाई इटालियनहरुको बेवास्ता र सोचको कमीबारे प्रवचन दिनु राजनीतिक आत्महत्या हुनसक्छ ।

त्यसैले अब रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका ‘स्पिन डक्टर’ (प्रचारक) हरुले आफ्नो टेलिभिजन क्यामेरा बेलारुसमा तेस्र्याएका छन् । छुट्टै झन्डा र राष्ट्रिय गान हुनका बाबजुद बेलारुसलाई धेरैले रुसकै काम नलाग्ने क्षेत्र समेत भन्छन् । यहाँ रुसभन्दा पनि भयावह अवस्था छ ।

अनौठो मान्नुपर्दैन, बेलारुसी राष्ट्रपति अले(यान्द्रर लुकासेन्कोले रसिया–१ का संवाददातालाई आफ्नो देशमा समाचार संकलन गर्ने अनुमति नदिएर क्रेमलिनको प्रोपोगान्डाको जवाफ दिएका छन् ।

रुसमा के भइरहेको छ, यो बुझ्नका लागि इन्टरनेटमा ‘डक्टर्स क्विटिङ’ सर्च गर्दा हुन्छ । हरेक दिन एउटा नयाँ कथा भेटिन्छ । जस्तो,

– आफ्नो व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै नोबोसिबिरिकमा डाक्टरहरुले जागिर छाडे ।

– कालिनिनगार्ड क्षेत्रका ३ सय ५० चिकित्सकले महामारीमा काम गर्न अस्वीकार गरे ।

– अस्पतालले कोभिड–१९ बिरामीको उपचार गर्न भनेपछि दर्जनौं एनेस्थेसियोलोजिस्ट, पुल्मोनोलोजिस्ट र नर्सहरुले राजिनामा बुझाए ।

– दर्जनौं स्वास्थकर्मी कोभिड–१९ परीक्षणका लागि लाइनमा लागेपछि ओम्स्कस्थित अस्पतलाका प्रमुख चिकित्सकल राजीनामा गरे ।

यी मिडियामा सार्वजनिक भएका केही घटनामात्रै हुन् । धेरैजसो उदाहरणमा भविष्यका रोजगारदातासँग हुने सम्भावित समस्याबाट बच्न डाक्टरहरुले राजीनामा गरेका छन् ।

हरेक दिन, ठूलो संख्याका डाक्टरहरुले अस्पतालमा सामना गर्नुपरेका समस्याबारे कथा बाहिरिन्छ । उनीहरुले भिडियोमार्फत आफ्नो समस्याबारे बताउँछन्, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) कमी र राष्ट्रपति भ्यादिमिर पुटिनले वाचा गरेको पैसा कसरी अन्य व्यक्तिको गोजीमा गएको छ भनेर वर्णन गर्छन् । यद्यपी, रुसी टिभीहरुले चिकित्सकको पक्षमा प्रस्तुती दिन्छन् तर साथसाथै सार्वजनिक स्थलमा हाँसोलाग्दो पोस्टर टाँस्छन् ।

यो सांकेतिक छ कि त्यस्ता पोस्टरमध्ये एकमा देखिएकी महिलाले भाइरसबाट बच्नका लागि अस्पतालको गाउन, साधारण मास्क, हेयर नेट र ठूलो सिरिन्जबाहेक अन्य कुनै सुरक्षा कवच लगाएकी छैनन् । यस्तो लाग्छ कि ती महिलालाई दिनका लागि अधिकारीहरुसँग केही पनि छैन ।

शहरका बस स्टपमा मस्कोका अधिकारीहरुले दोस्रो विश्वयुद्धका डाक्टरहरुका तस्विर राखेका छन्, आजका चिकित्सकसामु आदर्शका रुपमा प्रस्तुत गर्न र ग्रेट भिक्ट्रीको ७५ औं वर्षगाँठप्रति अनिवार्य सम्मान दर्शाउने माध्यमका रुपमा पनि ।

कम से कम यसमा क्रेमलिनका प्रचारकहरुले अन्जानवस् भएपनि निशाना लगाएका छन्, यसलाई भन्न सकिन्छ कि आजका स्वास्थकर्मीले गरेको सम्मानित काम र युद्धको समयमा उनीहरुका पुर्खाले देखाएको नायकत्वको मुल्य समान छ ।

भिन्नता पक्कै पनि छ, अहिले यहाँ युद्ध छैन । खासमा आजका डाक्टर नसोचिएको महामारीमा आफ्नो ज्यान जोखिममा राखेकाले मात्रै होइन लामो समयदेखि मक्किएको स्वास्थ प्रणालीमा रहेर काम गरेकाले पनि नायक हुन् ।

सहायक प्रधानमन्त्री ताटीअना गोलीकोभाले गत वर्ष रुसको स्वास्थ सुधार योजना असफल भएको बताएका थिए, अर्थमन्त्री एन्टोन सिलुवानोभले देशको स्वास्थ पूर्वाधार भयावह अवस्थामा रहेको जनाएका थिए ।

तर यसबारे समाधान खोज्ने आशासहित बहस राख्नुको साटो सरकारी टेलिभिजनले युरोपको गे ९समलिङ्गी० विवाह र अमेरिकाको ट्रान्सजेन्डरवादबारे दर्शकमाझ सनसनी फैलाए ।

यदी कोरोना भाइरसको महामारी नआएको भए यस्तो सनसनी सधैं भइरहने थियो ।

यो महामारीले देखाएको छ कि मस्कोमा मात्रै राम्रो स्वास्थ सेवा छ । कोम्मुनार्काका प्रमुख अस्पताल समेत दर्जनौं नर्सहरुलाई राष्ट्रपति पुटिनले गरेको वाचा अनुसारको प्रोत्साहन तलब उपलब्ध गराउन असफल भए । विभिन्न क्षेत्रमा अवस्था भयावह छ ।

अहिले बल्ल धेरै रुसीहरुले आफ्नो देशको स्वास्थ सुधारको वास्तविक नतिजा बुझेका छन् – साना शाखा खोलेर अस्पताल बन्द गर्ने र हरेक क्षेत्रबाट हजारौँ स्वास्थकर्मीलाई बर्खास्त गर्ने ।

रुसमा डाक्टर र नर्सको पेशा अब कुनै प्रतिष्ठित रहेन । अस्पतालहरुले नयाँ सहयोग पाउन छाडे, पुरानै भ्रस्टाचारसँग उनीहरु लड्नुपने अवस्था अझै छ ।

राज्यसँग ‘थ्याङ्कु यु डक्टर्स’ जप्नका लागि मस्कोको कस्मस होटलका झ्यालमा बत्ती बाल्ने पैसा छ, तर स्वास्थकर्मीलाई दिने पीपीई छैन ।

उादहरणका लागि, ओम्सस्थित अस्पताल नम्बर १ का स्वास्थ्कर्मीले सर्जिकल मास्क उपलब्ध नहुँदा आफै मास्क सिलाउनुप¥यो ।

अब, अस्पतालले क्वारेन्टाइन बन्द गरेको छ । धेरै क्षेत्रमा अधिकारीहरुले डाक्टरलाई धन्यवाद दिनका लागि डिस्प्ले राख्ने होइन, बरु लाजले उनीहरुसामु आँखा झुकाउनुपर्नेछ ।

यसका लागि हामीले सरकारी अधिकारीहरुलाई मात्रै जिम्मेवार ठान्नु हुँदैन । रुसी स्वास्थ प्रणालीको भयवाह अवस्थाबारे इमानदार बहसका लागि कुनै ठाउँ नराख्ने, सार्वजनिक बहसलाई लत्याउने क्रेमलिनको प्रोपोगान्डा मेसिन पनि जिम्मेवार छ ।

अन्यथा हामीले अहिलेको हावाहूरीले समात्नुअघि जहाजको प्वाल टालिसकेका पनि हुनसक्ने थियौँ । अहिलेसम्म रसिया–१ का अन्तर्वार्ता प्रस्तोता भ्लादिमिर सेलोभयोभजस्ता सरकारका पूर्णकालिन समर्थकले संभवत यस्तो सामान्य प्रतिक्रिया देखाउनसक्छ – ‘तर अमेरिकामा पनि स्वास्थ प्रणाली यहाँसम्मको छैन । ’

यद्यपी, रुसमा २ लाखभन्दा धेरैमा संक्रमण र झन्डै २ हजारको मृत्यु भइसकोको अवस्थामा दर्शकहरुसँग पनि सेलोभयोभ र इल्कलाई सम्बोधन गर्न आफ्नै मनपर्ने शब्द होलान् ।

(इल्या सेपिलिन रुसी स्वतन्त्र टेलिभिजन च्यानल डोजएचडीका पत्रकार हुन् । यो सामाग्री द मस्को टाइम्स डटकमबाट अन्वेषण अधिकारीले अनुवाद गरेका हुन् ।)





error: Content is protected !!