अख्तियारको टोलीले भरतपुर कोरोना अस्पतालको कागजात यसरी उठायो

भरतपुर. चितवनको भरतपुरस्थित कोरोना (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।

अस्पतालबाट केही सामग्री चोरी भएका सीसीटीभी फुटेज सार्वजनिक भएपछि हेटौंटाबाट खटिएको अख्तियारको टोलीले मंगलबार अस्पतालमा छापा मारेर कागजपत्र उठाएको हो।

भिडियो फुटेजमा अस्पतालका कर्मचारी फडिन्द्र खनाल, सञ्जय बराल र सूर्य तिवारीले सामान निकालेको देखिएको थियो। अख्तियारको टोलीले अस्पतालको सबै कागजात उठाएर अनुसन्धान प्रक्रिया सुरु गरेको अख्तियकारको हेटौंडाका कार्यालयका सूचना अधिकारी शिव रेग्मीले जानकारी दिए।

‘मिडियामा आएको समाचारको आधार बनाएर उजुरी दर्ता भएपछि उजुरीका आधारमा स्थलगत वस्तुस्थित बुझ्न टोली कोरोना आस्पताल गएको हो’, सूचना अधिकारी रेग्मीले भने, ‘यो प्रारम्भिक छानबिनको प्रक्रिया हो। अनुसन्धान टोलीले दिएको प्रतिवेदनका आधारमा थप अनुसन्धान अगाडि बढ्छ। अनियमितता देखिए विशेष अनुसन्धान हुन्छ र कारबाही प्रक्रिया अगाडि बढ्छ।’





error: Content is protected !!