बालुवाटार पुगे प्रचण्ड, प्रधानमन्त्री ओलीसँग संवाद हुँदै

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि मंगलबार दिउँसो १ बजे प्रचण्ड बालुवाटार पुगेका थिए ।

नेकपाभित्र सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने विषयमा तनाव भइरहेका वेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दुई अध्यक्षबीचको भेटपछि नेकपाको राजनीतिको अगाडिको परिदृश्य देखिने सम्भावना रहेकाले यसलाई चासोपूर्वक हेरिएको छ ।

नेकपामा माधवकुमार नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिएर राजनीतिक निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ । यसले नेकपाभित्रको विवादलाई नयाँ ठाउँमा पुऱ्याइदिएको छ ।

चैत ८ मा जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेशपछि नेकपाको विवाद थप जटिल बनेको थियो । पार्टीभित्र र विपक्षीबाट विरोध भएपछि दुवै अध्यादेश फिर्ता भइसकेका भए पनि नेकपाको विवाद सुल्झिएको छैन । सचिवालय र स्थायी कमिटी बैठक बोलाउन प्रचण्ड र नेपाल समूहका नेताको माग भए पनि प्रधानमन्त्री ओलीले आलटाल गर्दै आएका छन् ।





error: Content is protected !!