राप्ती स्वास्थ्य प्रतिष्ठानलाई स्वाब बुथ उपलब्ध

घोराहीस्थित लाइन्स क्लब अफ गुरुकुल एकेडेमीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाको शंका लागेर चेकजाँचका लागि आउने बिरामीहरुको स्वाब लिनका लागि मेडिचेक बुथ अर्थात स्वाब लिने बुथ उपलब्ध गराएको छ ।
गुरुकुलका संस्थापक तथा इन्जिनियर अनन्तराज घिमिरेको बिशेष पहलमा सो स्वाब लिनका लागि प्रतिष्ठानलाई हेल्थ बुथ सहयोग गरिएको हो ।
गुरुकुल एकेडेमीका कायममुकायम प्रिन्सिपल मुकुन्द गिरीसहित लाइन्स क्लब अफका क्षेत्र नम्बर ५ का एरिया चिफ लब अधिकारी, रिजनल चिफ युवराज थपलिया, जोन चिफ लोकेन्द्र बुढाथोकीले संयुक्त रुपमा प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगीता भण्डारी, अस्पताल निर्देशक डा। सागर पन्थीलाई हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानलाई सहयोगस्वरुप हस्तान्तरण गरेकोमा उपकुलपति भण्डारीले धन्यवाद दिँदै अब प्रतिष्ठानमा बुथ स्थापना भएपछि बिरामीको सुरक्षित रुपमा स्वाब लिन सहजता थपिने बताइन् ।










