जुम्लामा लकडाउन थप कडा बनाइने

जिल्ला विपत व्यवस्थापन समितिको बैठकले लकडाउन कडा बनाउने निर्णय गरेको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह र सरोकारवालाको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परीचालन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

मुलकभर फैलिदो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा नागरिक समाज र पत्रकारले थप कडाईका साथ लिनुपर्ने माग राखेपछि जिल्ला स्तर विपत व्यवस्थापन समितिले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

जिल्ला विपत व्यवस्थापन समितिको संचालित क्वारेन्टाइन स्थल मापदण्ड २०७६ अनुसार संचालन तथा व्यवस्थापन गर्ने र दैनिक उपभोग्य बस्तु किनमिल गर्नका लागि विहान ७ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म बजार खुल्ने निर्णय भएको छ ।

त्यसैगरी कोरोना भाइरसको दैनिक प्रतिवेदन एकीकृत रुपमा प्रत्येक दिनको दिउसो २ बजेभित्र स्थानीय तह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई गर्ने र प्रशासनले गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ





error: Content is protected !!