मृतावस्थामा चितुवा फेला

दुल्लु (रासस)ः दैलेखको दुल्लु नगरपालिका–३ तियाडीको जंगलमा एक चितुवा मृतावस्थामा फेला परेको छ । स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा चितुव सब–डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर मङ्गलबार कार्यालय हातामा गाडिएको छ ।
अन्दाजी १३–१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा मृत फेला परेको थियो । स्थानीयवासीले छाला काटेर लिन सक्ने सम्भावना भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले बताउनुभयो ।





error: Content is protected !!